• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

by
१४ फाल्गुन २०७९,
0
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र अवैध कारोबार रोकथाम गर्न दुवै देशका सुरक्षा अधिकारीहरू मिलेर अगाडि बढ्न सहमत भएका छन् । मधेस प्रदेश राजधानी जनकपुरधाममा आज बसेको नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठकले आपसी समन्वय र समझदारीमा सीमा क्षेत्रमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्ने निष्कर्षसहित विभिन्न निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो । बैठकमा सीमा क्षेत्र दशगजामा भइरहेको अतिक्रमण हटाउने र घरबारविहीनहरूको वैकल्पिक व्यवस्थाका लागि दुई देशका अधिकारीको समन्वयमा अनुगमन समिति बनाई त्यसको प्रतिवेदनका आधारमा थप निर्णय गर्न अधिकारीहरू सहमत भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी खुला सिमानाका कारण हुने लागुऔषध दुर्व्यसनी र त्यसको अवैध ओसारपसार गर्ने कार्यलाई दुवै देशका अधिकारी मिलेर नियन्त्रण गर्ने, भारतको विहारमा मदिरा बन्देज गरिए पनि नेपालबाट अवैधरूपमा त्यहाँ मदिराको निर्यात हुने गरेको कुरा उठेकाले त्यसलाई रोक्न नेपालतर्फ स्थापित मदिरा पसलको नियमन, सीमा क्षेत्रमा कारोबारका लागि हुनुपर्ने दूरी कायम गर्न लगाउने विषयमा छलफल भएको छ । त्यसैगरी खुला सिमानाका कारण आपराधिक प्रवृत्तिका व्यक्तिको आवतजावत रोक्ने, महिला तथा बालबालिकाको बेचबिखन नियन्त्रण गर्न नेपालतर्फका सशस्त्र सीमा सुरक्षा बल र भारततर्फका सुरक्षा बल एसएसबीलाई थप समन्वयका साथ सहकार्य गर्ने निर्णय भएको छ ।

भारतीय पक्षका तर्फबाट नेतृत्व गर्नुभएका मधुवनी जिल्लाका प्रमुख अरविन्दकुमार बर्माले दुई देशका अधिकारीबीचको बैठक खुला सीमाका कारण हुनसक्ने गलत क्रियाकलाप रोक्ने विषयमा थप सहकार्य र समन्वयका साथ अगाडि बढ्न उपलब्धिमूलक रहेको धारणा राख्नुभयो । उहाँले अन्तरसीमा आपराधिक गतिविधि र त्यस्तो कार्यमा संलग्न हुने व्यक्ति, लागुऔषधको अवैध कारोबार र दशगज क्षेत्रमा हुने अतिक्रमणका सवालमा आगामी दिनमा पनि गम्भीररूपमा छलफल र आवश्यक कार्य गर्न आफूहरू सहमत भएको बताउनुभयो । साथै नेपाली पक्षले उठाएका विषयमा भारतीय पक्ष, विशेषगरी सीमा सुरक्षा अधिकारीले गम्भीरतापूर्वक सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो ।

बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सप्तरी र सिरहाका प्रमुख जिल्ला अधिकारी क्रमशः काशिराज दाहाल, दीपककुमार पहाडी, भूपेन्द्र थापा, भोजराज खतिवडालगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । हरेक तीन–तीन महिनामा बस्दै आएको समितिको अर्को बैठक भारतको मधुवनीमा बस्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

Previous Post

विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा

Next Post

‘जनतासँग पार्टी अभियान’

सम्बन्धित खबर

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
आवाज

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

१ जेष्ठ २०८२,
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय
आर्थिक

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

१ जेष्ठ २०८२,
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जीवन शैली

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

१ जेष्ठ २०८२,
डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित
समाचार

डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

१ जेष्ठ २०८२,
पचपन्न वर्षको उमेरमा नागरिकता
आवाज

पचपन्न वर्षको उमेरमा नागरिकता

१ जेष्ठ २०८२,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
आर्थिक

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

१ जेष्ठ २०८२,
Load More
Next Post
जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदाः प्रधानमन्त्री प्रचण्ड

‘जनतासँग पार्टी अभियान’

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In