• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ सत्ता समीकरणको ढोका खुल्यो : कांग्रेस प्रवक्ता महत

by
१३ फाल्गुन २०७९,
0
असरवादीहरू सत्ताका लागि मिलेः प्रवक्ता महत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गर्नुभयो । “सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ”, प्रवक्ता महतले भन्नुभयो, “अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ ।”

आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र अन्य दलको पनि समर्थन आउने सम्भावना रहेको भन्दै उहाँले पौडेल राष्ट्रपति भएपछि संविधान र कानुनी शासनको संवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थामाथि क्षति पु¥याउने काम हुन्छ कि भन्ने आशङ्का थियो, त्यो अब निवारण भएको छ । उहाँ (राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल) राष्ट्रपति भएर आएपछि संविधान र कानुनी शासनको पक्षमा प्रतिबद्ध रहनुहुनेछ ।” नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानको रक्षा र विधिको शासन सुदृढ तुल्याउन पौडेलको उम्मेदवारी स्वाभाविक भएको उल्लेख गर्नुभयो ।

उहाँले पौडेलको व्यक्तित्व, उहाँले खेल्नुभएको वर्षौँको भूमिकाप्रति अहिले न्याय मिलेको छ भन्नुभयो । संसदीय प्रणालीमा सरकार फेरबदल भइरहनु सामान्य कुरा हो भन्दै उहाँले राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा सङ्घमा बनेको नयाँ गठबन्धन अटोमेटिक रुपमा प्रदेशसम्म जाने विश्वास व्यक्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले केन्द्रको गठबन्धनले समग्र राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले सङ्घीय सरकार र प्रदेश सरकारमा समेत फेरबदल हुनसक्ने बताउनुभयो ।

उपमहासचिव ज्वालाले संसद्को ठूलो राजनीतिक रुपमा रहेको र भोलिका दिनमा सम्मानजनक सहकार्य गर्ने सङ्कल्पका साथ कांग्रेसका उम्मेदवारलाई आफ्नो पार्टीलगायत आठ दलले समर्थन गरेको उल्लेख गर्नुभयो । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले कांग्रेस पौडेलले संविधान निर्माणमा पनि नेतृत्व गरेको र यसको रक्षाका निम्ति पनि पहलकदमी लिएको हुनाले सहकार्य गरेर जानुपर्छ भन्ने भावनाका साथ गठबन्धन बनेको उल्लेख गर्नुभयो । उहाँले नयाँ गठबन्धन सङ्घदेखि प्रदेशसम्म विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

Next Post

यू–१९ एसिया क्रिकेट छनोट : नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
यू–१९ एसिया क्रिकेट छनोट : नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

यू–१९ एसिया क्रिकेट छनोट : नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In