काठमाडौं – नेपालमा गैरकानुनी रुपमा बसेको भन्दो निष्कासित हुनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको तथ्य खुलेको छ । अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेका अनुसार अनुसार सन् २०२२ मा नेपालबाट कुल ५६४ जना विदेशी नागरिकहरू निष्कासीत भएकोमा चिनियाँ नागरिक मात्र १९० जना रहेका छन्।
विभाका सूचना अधिकारी पाण्डेका अनुसार भिसा नलिइकन वा भिसा सकिएपछि पनि नवीकरण नगरीकन नेपालमा बसिरहेको भेटिएपछि उनीहरुलाई ‘डिपोट’ गरेर फिर्ता पठाइएको हो ।
पाण्डेका अनुसार विभिन्न कसुरमा सजाय पाएका अन्य विदेशीलाई पनि निष्कासन गरिएको छ । त्यस्ता कसुरमा हत्या, बलात्कारजस्ता जघन्य अपराधदेखि ठगी तथा बैंकिङ कसुरसम्म छन् । ५०४ जना भिसा अवधि सकिएका र विभिन्न कसुरमा सजाय पाएका व्यक्ति थिए ।
नेपालमा सबैभन्दा धेरै चिनियाँ नागरिक नेपालमा अवैध रुपमा बस्दै आएको पाइएको विभागले जनाएको छ । भिसा अवधि सकिए पनि नवीकरण नगरी उनीहरु बस्दै आएका हुन् । वर्षेनि नेपालबाट निष्कासित हुने चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै छ ।
उनीहरु विभिन्न कसुरमा पनि संलग्न रहेको भेटिएको विभागले जनाएको छ । हालैका वर्षमा नेपालमा रहेका कतिपय चिनियाँ नागरिकहरू साइबर अपराध, अवैध हुन्डी, सम्पत्ति शुद्धीकरण, सट्टेबाजीलगायत कार्यमा संलग्न भएको भन्दै पक्राउ परेको प्रहरीको तथ्यांक छ ।
विगतमा पनि लोपोन्मुख जनावरको अंग, लागूऔषध, डलर कारोबार र सुन तस्करकिा घटनामा चिनियाँ नागरिकहरु जोडिएका थिए ।