यस्ता व्यक्तिमा आफ्नो केही पनि हुँदैन । जो कसैबाट प्रभावित भएका हुन्छन् र उनलाई नै आदर्श बनाएर जीवनयापन गर्दछन् । यिनीहरुको कुनै आदर्श या चिन्तन हुँदैन र यिनीहरुको चिन्तन कहिले उधारो र कहिले स्वार्थपूर्ण हुन्छ । यही कारणले व्यक्ति आफ्नो जीवनमा असफल र दुःखी हुन्छन् ।
यस्ता व्यक्तिको हातमा यो विशेषता हुन्छ कि प्रथम छ प्रकारको हातमा केही न केही गुण अवश्य हुन्छन् । कसैको कुनै लक्षण हुन्छ भने कसैको कुनै । हात कुनै वर्गको हुन्छ भने औँलाहरु कुनै वर्गको हुन्छ । यदि कुनै औँला सुन्दर हुन्छ भने कुनै फैलिएका हुन्छन् । यस्ता व्यक्तिमा अनेक गुण हुन्छन् भने अनेक अवगुण पनि हुन्छन् । यिनीहरुको चरित्र, प्रवृत्ति, स्वभाव मिश्रित हुन्छ । यसैकारण यिनीहरुको व्यक्तित्व प्रभावहीन हुन्छ । यस्ता व्यक्ति शंकालु किसिमका हुन्छन् ।
अधिकांश असफलताको कारण यस्ता व्यक्ति निराशावादी हुन्छन्, जीवनप्रति उदासिन हुनजान्छन् । कठोर परिश्रमबाट डराउँछन्, जसले गर्दा आशातित परिणामको उपलब्धि पाउन सक्दैनन् । मानसिक रुपले अस्थिर तथा परिवर्तनशील रहन्छन् । परिवर्तन गर्ने प्रवृत्तिको कारणले उनीहरुले हानी पनि ब्यहोर्नुपर्दछ । यस्ता व्यक्तिको हातमा भाग्यरेखा या मस्तिष्करेखा यदि राम्रो छ भने जीवनमा केही पलब्धि पनि हासिल गर्दछन् । यदि यस्तो छैन भने सामान्य जीवन जिउनको लागि मजबुर रहन्छन् ।
साभारः ‘हस्तरेखा’ पुस्तकबाट