रवीन्द्रनाथ टैगोरका केही अमर वाणीहरुः
१. सौन्दर्य नर्कमा पनि छ, तर त्यहाँ बस्नेले चिन्न सक्दैनन् । यही नै नरकवासीको ठूलो सजाय हो ।
२. फूलका पत्र–पत्र च्यातेर तिमीले त्यसको सौन्दर्य ग्रहण गर्न सक्दैनौ ।
३. आवश्यकताको समाप्तिपछि जो वस्तु शेष रहन्छ त्यही नै सौन्दर्य हो र त्यो सौन्दर्य हामीलाई प्राप्तिका रुपमा उपलब्ध हुन्छ ।
४. जीवनबाट मृत्युमा पदार्पण गर्नु दिनबाट रातमा संक्रमण गर्नु झैँ हो ।
५. जे जति मरिसकेको छ त्यसलाई आफ्नो आत्माको भोजन बनाउन हुँदैन । किनकि जो मरेको छ, ऊ मृत्यु ल्याउने वाला छ ।
६. जीवनको मृत्युसँग त्यस्तै सम्बन्ध छ जस्तो मृत्युको जन्मसँग । गतिका लागि खुट्टा उचाल्नु त्यति नै आवश्यक छ जति खुट्टा राख्नु ।
७. मृत्यु भएर पनि जीवन नष्ट हुँदैन । मृत्युसँगै हिँड्छ सँगै बस्छ र टाढाको यात्रामा पनि बाटोमा सँगसँगै गएर फर्किन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट