डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि बढ्दै गएको हो।
डोल्पामा मात्रै दर्जनौँ पर्यटकीय आकर्षण रहेका छन्। निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से–फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से–गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन्।
‘अघिल्लो वर्ष तीन हजार पर्यटकले फोक्सुन्डो घुमे, यो वर्ष पाँच सय घटे, सजिलो र स्तरीय सडक सुविधा, सञ्चार र होटेलहरूको राम्रो सुविधा हुने हो भने पर्यटकको ओइरो लाग्छ ।
डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरूले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ।













