तपाईंले दिनको कुनै पनि समयमा आँखाको व्यायाम गर्न सक्नु हुन्छ तर बिहानको समय सबैभन्दा उपयोगी हुन्छ । यस समयमा तपाईंका आँखा ताजा र तनावरहित अवस्थमा हुन्छन् । आफ्नो शरीरलाई नउठाइकन आँखाले छततिर हेर्नुहोस् र भुइँसम्म यसलाई झुकाउनुहोस् ।
यो प्रक्रियालाई १० पटक दोहो¥याउनुहोस् । आँखालाई विश्राम दिनका लागि तीव्र रुपले आँखा झिम्काउनुहोस् वा हातले ढाक्नुहोस् । आँखालाई वरिपरि घुमाउनुहोस्, पहिले बायाँ, पुनः दायाँ र दुवै दिशामा ५–५ पटक दोहो¥याउनुहोस् र आँखालाई आराम दिनुहोस् ।
भित्तामा एउटा विन्दु बनाएर त्यसलाई एक टकले हेरिरहनुहोस् र यो क्रिया बढाउँदै लैजानुहोस् । यसले आँखाको ज्योतिमा सुधार हुन्छ र दीर्घ समयसम्म स्वस्थ रहिरहन्छ ।
साभारः ‘नारी सौन्दर्य विज्ञान’ पुस्तकबाट












