एकजना जँड्याहा बानेश्वरको रेष्टुरेन्टबाट निस्केर ट्याक्सी नजिक पुगेर सोध्यो, ट्याक्स खाली हो ?
चालक, हो दाई ।
जँड्याहा, ट्याक्सी चढेर, बानेश्वर जाउँ भन्यो ।
चालक अचम्म मान्दै, दाइले आज धेरै चढाउनु भए जस्तो लाग्यो । बानेश्वरबाट ट्याक्सी चढेर कसरी बानेश्वर लान मिल्छ दाइ ?
जँड्याहा रिसाउँदैः खुरुक्क भनेको ठाउँमा लाने कि चुटाई खाने ?
चालकले जँड्याहालाई ठग्ने विचार गर्दै, ल ल बस्नुहोस् भन्यो ।
जँड्याहा चढ्ने बित्तिकै चालकले ट्याक्सी स्टार्ट गरी केहीबेर एक्सिलेटर दाब्यो र बन्द गर्दै भन्यो ल बानेश्वर आइपुग्यो ।
जँड्याहा ट्याक्सीबाट ओल्र्याे र कति भयो दाइ भन्यो ?
चालक मख्ख पर्दै, दिनुहोस् न दुई सय रुपैयाँ ।
जँड्याहा पैसा दियो र फर्कंदै भन्यो ः आइन्दा त्यस्तो स्पिडमा ट्याक्सी नचलाउनु, एक्सीडेन्टमा पर्लास् नि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट