• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै

by
७ फाल्गुन २०७९,
0
अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन् । उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड रहेको छ । थारू समुदायमा अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण बालविवाहले परिवारमा मान्यता पाउँदै आएको उनी बताउछन् ।

“थारू समुदायमा सामाजिककार्यको अगुवाइ गर्ने बडघरियाले बालविवाह रोक्नका लागि शिक्षा दिनुपर्छ”, उनले भने, “बालविवाहलाई प्रश्रय दिने परिवारलाई सामाजिकरूपमा बहिष्कारको अभियान चलाउनुपर्छ, वडघरियाले चाहे बालविवाह रोक्न सक्छन् ।”

बालविवाहविरुद्ध गाउँ–बस्तीमा कुरा गरे धेरै जान्ने आइस भनेर उल्टै खप्की खानुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार बालविवाह विशेषगरी मुक्त कमैया परिवारमा बढ्दै गएको छ । मागी हुने बालविवाह कम हँुदै गए पनि भागेर गरिने विवाह अधिकांश बालविवाह नै हुने गरेका छन् ।

बालविवाह गर्ने अधिकांशको सम्बन्ध बीचमै टुट्ने गर्दछ । बालविवाह गर्नेले दोस्रो विवाह गरेका घटनाहरू गाउँघरमा देखिँदै आएको सुनिता डगौराले बताइन् ।

“केही वर्षअघिदेखि बालविवाहविरुद्ध महिला समूहमा आबद्ध महिलाले आवाज बुलन्द गर्दै आएका थियौँ”, उनले भने, “त्यसको प्रभावका कारण बालविवाह केही वर्ष रोएिको थियो, जनचेतना फैलाउने कार्य रोकिएसँगै पुनः बालविवाह हुन थालेका छन् ।” गाउँका १० जना बढीले आधारभूत तहकै कक्षा ८ पढ्दै गरेका बेला विवाह गरेको उनले बताइन् ।

मुक्त कमैया परिवारको अधिकांशको आर्थिक अवस्था निकै दयनीय रहेको उल्लेख गर्दै उनले त्यसमै विद्यालय पढ्दै गरेका बालकले भगाएर बालिका भित्र्याउने गरेको बताइन् ।

“यसबाट बालकले घरको खर्च धान्नका लागि विद्यालय बीचमै छाड्दै अभिभावकसँगै मजदुरीमा जानुपर्ने हुन्छ”, उनले भनिन्, “समय नपुगीकनै बच्चा जन्मिन्छ, बच्चा जन्माउने आमा बिरामी हुने क्रम सुरु हुन्छ, सम्बन्धमा खटपट भई बालविवाह गर्नेले अर्को श्रीमती भित्र्याउँछन्, पहिला ल्याइएकी श्रीमती अलपत्र पर्छिन् ।”

गाउँकै बालविवाह गरेकाहरूको उदाहरण दिँदै उनले भने, “अठार वर्षमुनिका बालकले दुई वर्षअघि आफू उमेरकै बालिकालाई भगाएर ल्याएँ, श्रीमान् कमाउन भारततर्फ लागे, यता बालिकाले बच्चा पाइन्, भारत गएका श्रीमानले उतै दोस्रो विवाह गरेपछि, घरमा रहेकी श्रीमती अलपत्र परिन् । पछि उनले आत्महत्याको बाटो रोज्नुपर्यो ।” अर्का १५ वर्षकै उमेरमा बालविवाह गरेका बालिकाको गर्भ रहे पनि दुईपटक बच्चा खेर गएको उनले बताए ।

“उपचारमा धेरै रकम खर्च भए पनि सानै उमेरमा विवाह गर्ने किशोरीमा शारीरिक जटिलता देखिँदै आएको छ”, उनले भने, “सधैँ बिरामी भएर बस्नुपरेको छ ।” थारू अगुवा भागिराम डगौराका अनुसार बालविवाह गर्नेमा अधिकांश १४ वर्षदेखि १८ वर्षसम्मका किशोर–किशोरी बढी रहेका छन् । बालविवाह गर्नेमा मुक्त कमैया समुदायका किशोर–किशोरी बढी रहेका छन् ।

बढ्दो मोबाइल र इन्टरनेटको प्रयोगले बालविवाह गराउनमा महत्वपूर्ण भूमिका खेलेको उनी बताउछन् । “फेसबुकलगायतका समाजिक सञ्जालमार्फत चिनजान गर्छन्”, उनले भनिन्, “त्यही चिनजानका कारण सानै उमेरमा भगाएर किशोरी घरमा ल्याउँछन् ।” बीचमै विद्यालय छाड्ने बालकले मजदुरी जाँदा कमाउको पैसाले मोबाइल खरिद गर्ने गरेका छन् । बालविवाह गर्दा विवाह दर्तासँगै सानै उमेरमा जन्मेका शिशुको जन्मदर्ता नहुने गरेको उनले बताए ।

“बालविवाह बढ्दै गएकाले जनचेतनाको कार्यलाई प्रभावीरूपमा फैलाउनुपर्ने बेला आएको छ”, उनले भने, “बडघर, जनप्रतिनिधिले सामाजिक कुरीतिलाई रोक्नका लागि लाग्नुपर्छ, स्थानीय तहले बालविवाहविरुद्धका कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।”

नौखरीस्थित जनभावना आधारभूत विद्यालयका प्रध्यानाअध्यापक पुष्पराज भट्ट मुक्त कमैया परिवारमा बालविवाह बढ्न थालेपछि विद्यालयमा पढ्दै आएका बालबालिकालाई बालविवाह गरेमा स्वाथ्यमा हुने हानीका बारेमा सचेत पार्दै आएको बताए ।

बालविवाहकै कारण बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उनले बताए । “गएको शैक्षिक सत्रमा मात्रै २४ जना बालबालिकाले विद्यालय बीचमै छाडेका छन्”, उनले भने, विद्यालय छाड्नेमध्येका सात जना बढीले बालविवाह गरेका छन् ।”

सानै उमेरमा वालविवाह गरे बालवालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा अवरोध हुने गरेको उनको भनाइ छ । उनका अनुसार बालविवाह गर्ने बालिकामा प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने कार्यसँगै जीवनमा दीर्घकालीन असर पर्ने गर्दछ ।

“बीस वर्षमुनिका गर्भवतीका तीन गुणा बढीले मातृमृत्युको जोखिममा रहने गर्दछन्”, उनले भने, “बालविवाहका कारणले बालिकाहरू शरीरिक, मानसिक, यौनिक र घरेलु हिंसाको बढी जोखिमा पर्ने गरेका छन् ।” मुलुकी अपराधसंहिता, २०७४ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न नपाउने व्यवस्था रहेको छ । उमेर नपुगी हुने विवाह स्वतः बदर हुने व्यवस्था मुलुकी अपराधसंहितामा गरिएको छ । बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र रु तीस हजार जरिवाना हुन्छ ।

Previous Post

राष्ट्रपतिको उम्मेदवार १३ गते सार्वजनिक गर्छौंःओली

Next Post

मिसाइल परिक्षणको पुष्टि गर्दै उत्तर कोरियाले भन्यो – दुश्मनको हरेक चालमा हाम्रो नजर छ

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
मिसाइल परिक्षणको पुष्टि गर्दै उत्तर कोरियाले भन्यो – दुश्मनको हरेक चालमा हाम्रो नजर छ

मिसाइल परिक्षणको पुष्टि गर्दै उत्तर कोरियाले भन्यो – दुश्मनको हरेक चालमा हाम्रो नजर छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In