• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रणनीतिक साझेदारी विस्तार गर्न इरानी राष्ट्रपति रायसी चीन भ्रमणमा

by
३ फाल्गुन २०७९,
0
रणनीतिक साझेदारी विस्तार गर्न इरानी राष्ट्रपति रायसी चीन भ्रमणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने राजकीय भ्रमणमा चीन पुगेका । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका प्रमुखसहित उच्च अधिकारी उनको प्रतिनिधिमण्डलमा रहेका छन् ।

इरानी राष्ट्रपतिले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग ग्रेट हल अफ द पिपलमा भेटवार्ता गर्ने तथा पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । बीस वर्षपछि इरानी राष्ट्रपति चीनको भ्रमणमा छन् । दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने इरानी समाचार समिति इर्नाले जनाएको छ ।

सुदृढ एवम् सुमधुर सम्बन्ध कायम गरेका चीन र इरानले सन् २०२१ मा ऊर्जा, पारवहन, कृषि, व्यापार तथा लगानीका क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्न २५ वर्षे रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

करिब एक वर्षअघि सुरु भएको युक्रेन युद्धलाई लिएर चीन र इरानले पश्चिमा राष्ट्रको दबाब झेलिरहेका छन् भने अमेरिकाले तेहरानको आणविक कार्यक्रमलाई लिएर नाकाबन्दी लगाएको छ । रुसको सहयोगीका रुपमा इरान उभिएकाले उसलाई अन्तर्राष्ट्रिय समुदायले एक्ल्याउने प्रयास गरिरहेका छ ।

अमेरिकालगायत पश्चिमा राष्ट्रले युक्रेन युद्धमा सघाउन तेहरानले मस्कोलाई ड्रोन उपलव्ध गराएको आरोप लगाएका छन्भने इरानले त्यसलाई आधारहीन भन्दै खण्डन गरेको छ । इरान र रुसबीचको समीपता, हतियार सहयोगलगायत मामिलालाई लिएर हालै अमेरिकाले इरानको आलोचना गर्दै नयाँ प्रतिबन्ध लगाएको छ ।

युक्रेन युद्ध चीनका निम्ति पनि प्रतिष्ठा र संवेदनशील मुद्दा बनेको छ । आफ्नो रणनीतिक साझेदार मस्कोलाई कूटनीतिक समर्थन गर्दा बेइजिङ पनि अमेरिकासहित पश्चिमा देशको आलोचनाको पात्र बनेको छ । चीन र अमेरिकाबीचको विगतदेखिको तिक्ततापूर्ण सम्बन्ध सुमधुर बन्न सकेको छैन ।

पछिल्लो पटक गत सेप्टेम्बर चीन र इरानका राष्ट्रपतिबीच उज्वेकिस्तानमा साङ्घाइ सहयोग सङ्गठनको शिखर सम्मेलनका क्रममा भेटवार्ता भएको थियो । त्यस बेला इरानी राष्ट्रपतिले द्विपक्षीय सम्बन्धलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिएका थिए ।

चीन इरानको सबैभन्दा ठूलो व्यापार साझेदार हो । इर्नाले दुई देशका पछिल्ला आर्थिक एवम् व्यापारिक गतिविधिबारे दिएको जानकारी अनुसार तेहरानबाट १२ अर्ब ६० करोड अमेरिकी डलर बराबरका सामान चीन निर्यात भएका छन् भने बेइजिङबाट तेहरानले १२ अर्ब ७० करोड अमेरिकी डलर बराबरका सामन आयत गरेको छ ।

यसैबीच, चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ विनले भ्रमणका क्रममा राष्ट्रपति रायसीले चीनका प्रधानमन्त्री ली खछ्याङ र शीर्ष विधायक ली झान्सुसँग भेटवार्ता गर्ने बताएका छन् ।

मध्यपूर्वमा एकता र सहयोग अभिवृद्धि गर्ने तथा क्षेत्रीय सुरक्षा र शान्ति प्रवर्द्धनमा रचनात्मक भूमिका निर्वाह गर्ने चिनियाँ चाहना पनि उनले अभिव्यक्त गरेका छन् । चीनको यो रणनीतिक उद्देश्य प्राप्तिमा तेहरानको भूमिका अहम् हुने चीनको विश्वास छ ।

Previous Post

५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

Next Post

कृषिजन्य वस्तुको आयात प्रतिस्थापनमा जोड

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
कृषिजन्य वस्तुको आयात प्रतिस्थापनमा जोड

कृषिजन्य वस्तुको आयात प्रतिस्थापनमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In