• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

    शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

    कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै

    खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

    दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    आजको मौसम कस्तो रहला ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२८ अशोज २०८३,
0
दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ । काठमाडौँबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ ।

उपमहानिर्देक अधिकारीले आफूहरुले पुलको क्षतिको अवस्था र पुनःनिर्माणमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा प्रतिवेदन पेस गरेको जानकारी दिए । टोलीले ७ करोड रुपैयाँ बराबरको क्षति भएको निष्कर्ष निकालेर प्रतिवेदन विभागमा पेस गरेको छ । उनले पुल पुनःनिर्माणका लागि २० करोड रुपैयाँ लाग्ने बताए ।

“सात करोड बराबरको क्षति भएको छ । पुनःनिर्माणमा बीस करोड लाग्ने लाग्ने भनेर प्रतिवेदन नै बनाएर पेस भइसक्यो ।” उपमहानिर्देशक अधिकारीले भने, “योजनामा राखेर बजेट विनियोजन भए हामी काम गर्न तयार नै छौँ ।” उहाँले महाकालीमा पानीको बहाव कम भएपछि मात्रै पुनःनिर्माण थालनी गर्न सकिने बताए । “पानी सुकेपछि मात्रै सोयल टेष्ट हुने हो”, उनले भने, “त्यसका लागि हिउँदमा मात्रै काम थालनी हुनसक्छ ।”

उनले बजेट व्यवस्थापन भए पुनःनिर्माण थालिएको एक वर्षमा पुल बनी सक्ने बताए । अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको प्राविधिक टोलीको भनाइ छ । झोलुङ्गे पुलभन्दा अढाइ किलोमिटर उत्तरतर्फ चार लेनको पक्की पुल निर्माण भएकाले दोधारा चादँनीको आवागमन पूर्ण रुपमा प्रभावित भने भएको छैन । यता सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ ।

Previous Post

आजको मौसम कस्तो रहला ?

Next Post

खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

metakhabar

metakhabar

सम्बन्धित खबर

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो
आर्थिक

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

२८ अशोज २०८३,
शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?
शिक्षा

शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

२८ अशोज २०८३,
कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै
समाचार

कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै

२८ अशोज २०८३,
खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान
समाचार

खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

२८ अशोज २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

आजको मौसम कस्तो रहला ?

२८ अशोज २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
फिचर-ब्यानर

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

२८ अशोज २०८३,
Load More
Next Post
खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In