आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना छ । स्वास्थ्य र शिक्षामा केही सुधारका संकेत देखिनेछन् । पारिवारभित्र किचलो हुनेछ । सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ ।
वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ । सामाजिक र पारिवारिक क्षेत्रमा साथ सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन :दिन राम्रो छ । बोलीका कारण काम बन्ने दिन छ । स्वास्थ्य र शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक सामाजिक क्षेत्रमा चर्चा हुनेछ । परिवारका सदस्यको सल्लाह लिएर मात्र काम गर्नु फाइदा हुनेछ ।
कर्कट : दिन राम्रो छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा अघि बढ्नुहोला । आफन्तबाट भने धोका हुने जोखिम छ ।
सिंह : दिन सामान्य छ । मनमा चञ्चलता बढ्नेछ । लामोदुरीको यात्रा तय हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ ।
कन्या : दिन राम्रो छ । दाजुभाइसँगको सहकार्यले फाइदा मिल्नेछ । शिक्षामा ढिलासुस्ती भएपनि स्वास्थ्यमा फाइदा हुनेछ । खर्च कटौती गरेर अघि बढ्नुपर्ने दिन छ।
तुला : दिन तपाईको पक्षमा छैन । कम बोल्नु उचित हुनेछ । खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आरोपको सामना गर्नुपर्ने हुनसक्छ । शिक्षामा प्रगति हुनेछ । हरेक काममा सचेत बन्नु पर्ने दिन छ ।
वृश्चिक : दिन राम्रो छ । दिन सहज बन्नेछ । लाभ हुने भएकाले व्यापार व्यवसायमा लगानी गर्नुहोला । प्रशंसा गर्नेहरु बढ्नेछ । समाजमा तपाईंको मान बढ्नेछ ।
धनु : दिन सामान्य छ । राजनीतिक, सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ । परिवारमा शंका बढ्नेछ । आज स्वास्थ्यमा भने केही सुधारका संकेत देखिनेछन् ।
मकर : दिन राम्रो छ । लामो समयदेखि अड्किएर बसेका काम आज बन्नेछन् । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढुवा हुन सक्छ ।
कुम्भ : दिन राम्रो छ । धन सञ्चित हुनेछ । रमाइलो यात्रा तय हुनेछ । राजनीतिक र सामाजिक क्षेत्रमा भने अवसर प्राप्त हुनेछ । पारिवारिक कारणले मनमा असन्तुष्टि बढ्नेछ ।
मीन : दिन राम्रो छ । धन लाभ हुनेछ । व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा रुची बढ्नेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।













