• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज देशका अधिकांश भागमा बदली हुने

    यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

    संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

    सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

    सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३ अशोज २०८३,
0
सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्। उनले संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने भन्दै सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन्।

संविधान दिवसको अवसरमा शनिबार जारी शुभकामना सन्देशमा आङ्देम्बेले संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने बताएका छन्। उनले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गरी राष्ट्रिय सहमतिका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।

उनको भनाइमा, ‘त्यसैले त्यस्तो प्रतिवेदनलाई खारेज गरौँ। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाऔँ। बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरौँ।’

संविधान संशोधनका लागि गठन गरिएको कार्यदलको क्षेत्राधिकार र संविधानका आधारभूत मूल्य मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै दलहरूले लिखित असहमति जनाएका थिए। कार्यदलले भने विभिन्न विज्ञ, राजनीतिक दल, संस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ।

आङ्देम्बेले संविधान कार्यान्वयनको प्रश्न पनि उत्तिकै गम्भीर रहेको बताएका छन्। ‘संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि बलमिच्याइँ भइरहेको अनुभूति भइरहेको छ। यो गम्भीर विषय हो,’ उनले भनेका छन्।

उनले कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। संवैधानिक अंगलाई कार्यपालिकाको कारिन्दा निकायमा परिणत गर्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।

‘नेपाली कांग्रेसलाई संविधानमाथि चौतर्फी आक्रमण सरकारबाटै भइरहेको प्रतीत भएको छ,’ आङ्देम्बेले भनेका छन्, ‘सरकारको ध्यानाकर्षण गर्छु कि संविधानको हुर्मत नलिइयोस्। संविधानको मर्ममाथि खेलवाड नगरियोस्। संवैधानिक संस्थाको गरिमा नघटाइयोस्। व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गरियोस्।’

उनले आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने तर संशोधनका नाममा संविधानको आत्मामाथि प्रहार गर्न नहुने बताएका छन्।

Previous Post

एशियाली खेलकुद आजदेखि जापानमा सुरु, नेपाल २१ खेलमा प्रतिस्पर्धा गर्दै

Next Post

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

metakhabar

metakhabar

सम्बन्धित खबर

आज देशका अधिकांश भागमा बदली हुने
समाचार

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ अशोज २०८३,
नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला
समाचार

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

३ अशोज २०८३,
बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा
समाचार

बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

३ अशोज २०८३,
बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
समाचार

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

३ अशोज २०८३,
संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल
समाचार

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

३ अशोज २०८३,
एशियाली खेलकुद आजदेखि जापानमा सुरु, नेपाल २१ खेलमा प्रतिस्पर्धा गर्दै
खेलमैदान

एशियाली खेलकुद आजदेखि जापानमा सुरु, नेपाल २१ खेलमा प्रतिस्पर्धा गर्दै

३ अशोज २०८३,
Load More
Next Post
संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In