• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

metakhabar by metakhabar
२ अशोज २०८३,
0
भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

default

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिशूली (नुवाकोट)। भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल (होल्डिङ सेन्टर)मा बस्दै आएका यहाँका प्रभावित क्रमशः होल्डिङ सेन्टर छाडेर क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन् ।

गत भदौ १० गते आएको विनासकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो । होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन् ।

बाढी आएलगत्तै सरकारले उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने कामलाई प्राथमिकता दिएको थियो । त्यसपछि खोज तथा उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टर व्यवस्थापनमा जोड दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत भदौ १२ गते जिल्लाका १२ स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकामा आठ स्थानमा एक हजार २९० जना प्रभावितलाई राखिएको थियो । गत भदौ २२ गतेसम्म आइपुग्दा होल्डिङ सेन्टरको सङ्ख्या र बसोबास गर्नेको सङ्ख्या सबैभन्दा धेरै भएको थियो । त्यस दिन उक्त सेन्टरको सङ्ख्या २८ पुगेको र त्यहाँ बस्नेत प्रभावितको सङ्ख्या दुई हजार ६३७ पुगेको थियो ।

पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्ने प्रभावितको सङ्ख्या क्रमशः घट्दै गएको छ । बिहीबारसम्म आइपुग्दा जिल्लामा होल्डिङ सेन्टरको सङ्ख्या घटेर १६ मा झरेको छ । त्यहाँ बसोबास गर्नेको सङ्ख्या ८३२ जना रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार होल्डिङ सेन्टर छाडेर प्रभावित अस्थायी बसोबासको बन्दोबस्तमा जुट्न थालेका छन् । बाढीले प्रभावित भएलगत्तै हेलिकप्टरलगायतका माध्यमबाट उद्धार गरेर राखिएकालाई खानपानसहितको बसोबास उपलब्ध गराई सहजीकरण गरिएको थियो । हराइरहेका आफन्तको खोजी जारी छ । बेपत्ता भएकाहरु नभेटिएपछि अन्तिम संस्कारका लागि पनि मानिसहरु जान थालेका छन् । सो क्रमसँगै क्रमशः सङ्ख्या घट्दै गएको प्रजिअ रेग्मीको भनाइ छ ।

होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ । जिल्लामा सबैभन्दा धेरै प्रभावित रहेको विदुर नगरपालिकाले कोठा भाडाबापत मासिक रु १० हजार उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहतस्वरूप प्रदान गर्ने निर्णय गरेको छ ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार होल्डिङ सेन्टर छाडेर कोठामा बस्न जाने प्रभावितलाई खाद्य सामग्री, भाँडाकुँडा, सरसफाइका सामग्रीसहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने नगर कार्यपालिकाको निर्णयपछि कोठामा जानेको सङ्ख्या बढेको हो ।

“बाढी प्रभावित कोठा लिएर बस्न थाल्नुभएको छ । पालिकाले घोषणा गरेको प्याकेज कार्यक्रम लिन आउनेको सङ्ख्या बढ्दो छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “सङ्घीय सरकारले पनि प्रतिपरिवार मासिक न्यूनतम रु १५ हजार दिने घोषणा गरेकाले दोहोरोपन नहोस् भनेर भाडाबापतको रकम दिन बाँकी छ ।”

तीनै तहका सरकारले बाढीको जोखिमबाट उद्धार गरिएका प्रभावितलाई राख्न सञ्चालनमा ल्याइएका आश्रयस्थल खाली गर्न सहज होस् भनेर कोठाभाडाबापतको रकमसहित विभिन्न सुविधा घोषणा गरेका छन् । सरकारी घोषणासँगै प्रभावितहरूले पनि होल्डिङ सेन्टरको बसाइ छाडेर अस्थायी बसोबासको प्रबन्ध मिलाउन थालेका छन् । प्रभावितको सहजीकरणका लागि सरकारले उनीहरूको चाहनाअनुसारको रणनीति अपनाएको छ । उपयुक्त स्थानमा कोठा नपाउने वा कोठामा बस्न नसक्ने प्रभावितका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले बाढी प्रभावित क्षेत्रबाट विस्थापित भई होल्डिङ सेन्टरमा बस्दै आएकासँग प्रश्नावलीमार्फत उनीहरूको आवश्यकताबारे जानकारी सङ्कलन गरेको छ । कोठा लिएर बस्न नचाहने वा त्यसरी बस्न नसक्ने परिवारका लागि अस्थायी आवास निर्माण गर्ने तयारी गरिएको छ ।

आयोजना प्रमुख शशेन्द्र घिमिरेका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका होल्डिङ सेन्टरमा बसोबास गर्ने दुई हजार २७ परिवारसँग प्रश्नावली भरेर विवरण लिइएको छ । त्यसमध्ये करिब ३१ प्रतिशतले सरकारले निर्माण गर्ने अस्थायी आवासमा बस्न चाहेको बताएका छन् । “सरकारले नै अस्थायी आवास निर्माण गरिदिए सहज हुने बताउनेमा अधिकांश रसुवाका प्रभावित छन्”, आयोजना प्रमुख घिमिरेले भन्नुभयो ।

भोटेकोशी बाढीपछि सुरक्षित स्थानको खोजीमा विस्थापित भएका अधिकांश प्रभावित नुवाकोटमा बसोबास गरिरहेका छन् । उनीहरूसँग आफ्नै नाममा सुरक्षित जग्गा नभएकाले सरकारले अस्थायी संरचना निर्माण गरिदिए बसोबास गर्न सहज हुने बताउँदै आएका छन् ।

Previous Post

कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

Next Post

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी
समाचार

काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

२ अशोज २०८३,
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
समाचार

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

२ अशोज २०८३,
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
समाचार

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

२ अशोज २०८३,
संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो
समाचार

संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

२ अशोज २०८३,
भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि
समाचार

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

२ अशोज २०८३,
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
समाचार

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

२ अशोज २०८३,
Load More
Next Post
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In