• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

    स्वास्थ्य जनशक्तिमा गहिरिँदो संकट

    स्वास्थ्य जनशक्तिमा गहिरिँदो संकट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    मन्त्रिपरिषद्को बैठक बस्दै

    बाढीले थलियो पर्यटन व्यवसाय

    बाढीले थलियो पर्यटन व्यवसाय

    फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई विवरण बुझाउन ७ दिने अल्टिमेटम

    फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई विवरण बुझाउन ७ दिने अल्टिमेटम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

    स्वास्थ्य जनशक्तिमा गहिरिँदो संकट

    स्वास्थ्य जनशक्तिमा गहिरिँदो संकट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    मन्त्रिपरिषद्को बैठक बस्दै

    बाढीले थलियो पर्यटन व्यवसाय

    बाढीले थलियो पर्यटन व्यवसाय

    फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई विवरण बुझाउन ७ दिने अल्टिमेटम

    फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई विवरण बुझाउन ७ दिने अल्टिमेटम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाढीले थलियो पर्यटन व्यवसाय

metakhabar by metakhabar
३१ भदौ २०८३,
0
बाढीले थलियो पर्यटन व्यवसाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पर्यटकीय सिजन सुरु हुने मुखैमा भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन व्यवसायलाई गम्भीर धक्का दिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी हुँदै लाङटाङ र गोसाइँकुण्ड क्षेत्रसम्मको पर्यटन पूर्वाधार प्रभावित भएको छ।

होटल र रेस्टुरेन्टमा क्षति पुगेको छ। पर्यटनसँग जोडिएका सवारीसाधन बगेका छन्। पदमार्गमा क्षति पुगेको छ। त्यसको प्रत्यक्ष असर पर्यटकको आवागमन र बुकिङमा देखिन थालेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दिएको जानकारीअनुसार भोटेकोशी बाढी र त्यसपछिको पहिरोबाट पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति भएको छ।

क्षतिमा पर्यटन व्यवसाय, पूर्वाधार तथा विपत्तिका कारण भविष्यमा हुन सक्ने आर्थिक असरसमेत समेटिएको मन्त्री पौडेलले बताएका छन्।

सरकारी प्रारम्भिक विवरणअनुसार बाढीले १४२ होटल, ५७ रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधनमा क्षति पुर्‍याएको छ। लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड र नाथलीतर्फका पदमार्गमा समेत क्षति पुगेको छ।

होटल व्यवसायी महासंघ नेपालको प्रारम्भिक विवरणले भने प्रभावित व्यवसायको संख्या अझ ठूलो देखाएको छ। रसुवासहित धादिङ, गोरखा र अन्य प्रभावित क्षेत्रमा गरी करिब २०७ होटल तथा रेस्टुरेन्ट प्रभावित भएको महासंघको विवरण छ। प्रारम्भिक आकलनमा करिब २ हजार २०० होटलका कोठा नष्ट भएको उल्लेख गरिएको छ।

सरकार र व्यवसायीको तथ्यांकमा केही फरक देखिए पनि क्षतिको वास्तविक आकार ठूलो रहेको विषयमा भने समानता छ। क्षतिको अन्तिम विवरण संकलन हुन बाँकी रहेकाले प्रभावित होटल, रेस्टुरेन्ट र पर्यटन पूर्वाधारको संख्या अझ बढ्न सक्ने देखिन्छ।

होटलसँगै अर्बौंको लगानी जोखिममा

भोटेकोशीको बाढीले नदी किनारमा सञ्चालन हुँदै आएका होटल र रेस्टुरेन्टलाई प्रत्यक्ष निशाना बनाएको छ। कतिपय व्यवसायमा भवनसहित सम्पूर्ण संरचना बगेका छन्। कतिपयको भवन बाँकी रहे पनि भान्सा, फर्निचर, विद्युतीय उपकरण, खाद्यान्न र अन्य सामग्री नष्ट भएका छन्।

होटल व्यवसायमा भएको क्षति भवनको मूल्यमा मात्र सीमित हुँदैन। कोठामा राखिएका सामानदेखि भान्साको उपकरण, रेस्टुरेन्टको सामग्री, विद्युत् प्रणाली, पानीको व्यवस्था, कर्मचारीका लागि आवश्यक संरचना र सञ्चालनका लागि राखिएको मौज्दातसम्मको मूल्य जोडिन्छ।

त्यसैले सरकारले सार्वजनिक गरेको ५० अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति अनुमानलाई होटलको संरचनामा भएको भौतिक क्षतिसँग मात्र तुलना गरेर हेर्न मिल्दैन। पर्यटन व्यवसाय बन्द हुँदा त्यसबाट हुने आम्दानीको क्षति पनि यससँग जोडिन्छ।

बाढीले व्यवसायीको सम्पत्ति बगाएको छ। तर व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको दायित्व भने यथावत् छ। यही अहिले प्रभावित होटल व्यवसायीको सबैभन्दा ठूलो आर्थिक दबाब बनेको छ।

व्यवसाय बन्द छ। ग्राहक छैनन्। आम्दानी रोकिएको छ। तर बैंकको साँवा र ब्याज तिर्नुपर्ने दायित्व रोकिएको छैन। पूर्ण रूपमा क्षतिग्रस्त व्यवसायीका लागि यो समस्या अझ गम्भीर छ। पुरानो व्यवसाय पुनर्निर्माण गर्न नयाँ लगानी आवश्यक छ। नयाँ लगानीका लागि फेरि ऋण लिनुपर्ने अवस्था आउन सक्छ।

होटल व्यवसायी महासंघले यही अवस्थालाई ध्यानमा राखेर सरकारसँग कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको माग गरेको छ। प्रभावित व्यवसायीका लागि राहत प्याकेज, सहुलियतपूर्ण पुनर्कर्जा, ब्याजमा राहत तथा व्यवसाय पुनःस्थापनाको विशेष कार्यक्रम ल्याउनुपर्ने महासंघको माग छ।

सरकारले प्रभावित व्यवसायको वास्तविक क्षति पहिचान गरेर सहायता उपलब्ध गराउन नसके बाढीको प्रत्यक्ष क्षति बैंकिङ दायित्वमा परिणत हुने जोखिम छ।

मुख्य सिजनमै पर्यटकको बुकिङ रोकियो

पर्यटन क्षेत्रमा भौतिक क्षतिसँगै बजारको अर्को समस्या सुरु भएको छ। बाढी आएको समय नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुने समय हो।

सेप्टेम्बरदेखि नेपालमा पदयात्रा, पर्वतारोहण, धार्मिक यात्रा र साहसिक पर्यटनको गतिविधि बढ्छ। यही समयमा बाढीको भयावह दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाहिरिएको छ।

यसको असर पर्यटकको यात्रा योजनामा देखिन थालेको पर्यटन व्यवसायीहरू बताउँछन्। व्यवसायीका अनुसार अहिले सबै बुकिङ रद्द भएको अवस्था छैन। कतिपय पर्यटकले यात्रा रद्द गर्नुको सट्टा पछिल्लो मितिमा सारेका छन्। बुकिङ पोस्टपोन्ड गर्ने प्रवृत्ति बढ्नुले पर्यटक नेपाल आउन पूर्ण रूपमा तयार नभएको होइन, तत्कालको जोखिम र अवस्थाबारे उनीहरू अन्योलमा रहेको देखाउँछ।

यो अवस्था लामो समय कायम रहे मुख्य सिजनको आम्दानीमा ठूलो असर पर्न सक्छ। अगस्ट २०२६ मा नेपालमा ८५ हजार ४४४ विदेशी पर्यटक आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो वर्षको अगस्टमा ८८ हजार ६८० पर्यटक आएका थिए। यस वर्षको आगमन अघिल्लो वर्षको तुलनामा ३.६५ प्रतिशत कम हो।

यो तथ्यांकमा बाढीको पूर्ण प्रभाव देखिइसकेको छैन। भोटेकोशीमा विनाशकारी बाढी अगस्टको अन्तिम सातामा आएको हो। त्यसैले सेप्टेम्बर र अक्टोबरको पर्यटक आगमन तथा बुकिङले विपत्तिको वास्तविक बजार प्रभाव देखाउनेछ।

अगस्टमा भारतबाट मात्रै २६ हजार ३७३ पर्यटक नेपाल आएका छन्। चीनबाट १० हजार ३०४, श्रीलंकाबाट ८ हजार ७१०, अमेरिकाबाट ६ हजार २९३ र बेलायतबाट ३ हजार ४७६ पर्यटक आएका छन्।

नेपालको पर्यटन बजारमा यी प्रमुख स्रोत मुलुक हुन्। यी बजारमा नेपालबारे नकारात्मक धारणा बलियो भयो भने त्यसको असर प्रभावित जिल्लामा मात्र सीमित रहँदैन।

कैलाशदेखि पदमार्गसम्म बाढीको असर

रसुवाको पर्यटनमा लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड र नाथलीजस्ता गन्तव्यको महत्वपूर्ण हिस्सा छ। यी क्षेत्रको पर्यटन होटल र यातायातमा मात्र निर्भर छैन। स्थानीय गाइड, पोर्टर, रेस्टुरेन्ट, होमस्टे, पसल र स्थानीय उत्पादन बेच्ने व्यवसायसमेत पर्यटककै आवागमनमा निर्भर छन्।

बाढीले यी गन्तव्यतर्फका केही पदमार्गमा क्षति पुर्‍याएपछि वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था आएको पर्यटनमन्त्री पौडेलले बताएका छन्।

पदमार्ग बिग्रँदा त्यसको असर एउटा बाटोमा मात्र पर्दैन। पर्यटकले गन्तव्य परिवर्तन गर्छ। गन्तव्य परिवर्तन हुँदा होटल बुकिङ बदलिन्छ। गाइड र पोर्टरको काम प्रभावित हुन्छ। स्थानीय उत्पादनको बिक्री घट्छ। यातायात व्यवसायको कारोबार घट्छ।

यसरी पदमार्गको क्षति विस्तारै स्थानीय अर्थतन्त्रको क्षतिमा परिणत हुन्छ। कैलाश मानसरोवर यात्राको सन्दर्भमा यसको प्रभाव अझ ठूलो देखिन्छ। नेपाल हुँदै कैलाश जाने पर्यटकका लागि रसुवागढी महत्वपूर्ण प्रवेश मार्ग हो। सीमा क्षेत्रको बाढी, सडक तथा पूर्वाधारमा भएको क्षति र यात्रामा देखिएको अनिश्चितताले यो बजार प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।

कैलाश जाने पर्यटक नेपालमा केही दिन बस्ने भएकाले त्यसको असर ट्राभल एजेन्सीबाट होटल र यातायात व्यवसायीसम्म पुग्छ। धार्मिक पर्यटनको एउटा ठूलो हिस्सा रोकिँदा त्यससँग जोडिएको स्थानीय आम्दानी पनि घट्छ।

यसैबीच अन्तर्राष्ट्रिय बजारमा नेपालका अन्य हिमाली गन्तव्य सामान्य रूपमा सञ्चालनमा रहेको सूचना पुर्‍याउने काम पर्यटन क्षेत्रका संस्थाहरूले अघि बढाएका छन्।

अन्नपूर्ण, धौलागिरि र कञ्चनजङ्घालगायतका क्षेत्रलाई रसुवाको विपत्तिसँग एउटै अवस्थाका रूपमा प्रस्तुत गरिन नहुने व्यवसायीहरूको भनाइ छ।

विदेशमा फैलियो असुरक्षित नेपालको सन्देश

भौतिक क्षतिभन्दा पर्यटन क्षेत्रका लागि अर्को ठूलो जोखिम नेपालको गन्तव्य छविमा परेको असर हो।

बाढीका दृश्यले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठूलो स्थान पाएका छन्। नेपालमा हजारौँ मानिस प्रभावित भएको, ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएको र सडक, पुल तथा अन्य संरचना बगेको विवरण अन्तर्राष्ट्रिय रूपमा फैलिएको छ।

यसबीच विदेशी सरकारहरूले आफ्ना नागरिकका लागि यात्रा सूचना पनि अद्यावधिक गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयले रसुवाको रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी क्षेत्रलाई लिएर यात्रासम्बन्धी सावधानी जारी गरेको छ। बाढीबाट यातायात तथा सञ्चार संरचनामा क्षति पुगेको र उद्धार तथा खोजीको अवस्था रहेको भन्दै प्रभावित क्षेत्रमा सावधानी अपनाउन भनिएको छ।

यस्ता यात्रा सूचना सम्बन्धित देशका नागरिकको सुरक्षाका लागि जारी गरिन्छन्। तर पर्यटन बजारमा यसको प्रभाव पर्न सक्छ।

विदेशबाट नेपाल भ्रमणको योजना बनाउने पर्यटकले समाचार, सामाजिक सञ्जाल र आफ्नो देशको सरकारी यात्रा सूचनालाई निर्णयको आधार बनाउने भएकाले प्रभावित क्षेत्रको अवस्था र सुरक्षित पर्यटकीय गन्तव्यबीचको स्पष्ट सूचना आवश्यक हुन्छ।

नेपाल पर्यटन बोर्डले अहिले यही विषयलाई केन्द्रमा राखेर नेपालका अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको सन्देश प्रवाह गरिरहेको छ। अगस्टमा पर्यटक आगमन घटेको तथ्यांक सार्वजनिक भएपछि पर्यटन क्षेत्रको मुख्य चुनौती आगामी महिनामा बजारलाई स्थिर राख्नु बनेको छ।

नेपाल सुरक्षित छ भन्ने सामान्य सन्देश मात्र पर्याप्त हुँदैन। कुन क्षेत्र प्रभावित छ, कुन पदमार्ग सञ्चालनमा छ, कुन सडक खुला छ, पर्यटकका लागि आकस्मिक उद्धारको व्यवस्था कहाँ छ र आवश्यक परे सम्पर्क गर्ने संयन्त्र कुन हो भन्ने विवरणसहितको सूचना आवश्यक छ।

विपद्को वास्तविकता लुकाउनु पर्यटन प्रवर्द्धन होइन। प्रभावित क्षेत्रको यथार्थ जानकारी दिँदै सुरक्षित गन्तव्यको अवस्था स्पष्ट पार्नु अहिलेको आवश्यकता हो।

पुनरुत्थानमा ११ बुँदे दबाब

बाढीपछि होटल व्यवसायी महासंघले पर्यटन मन्त्रालयसमक्ष ११ बुँदे माग राखेको छ। महासंघले प्रभावित व्यवसायको विस्तृत क्षति मूल्यांकन, कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण, सहुलियतपूर्ण पुनर्कर्जा, ब्याजमा राहत र प्रभावित व्यवसायीका लागि विशेष राहत प्याकेजको माग गरेको छ।

व्यवसायीले कर्मचारी र उनीहरूका परिवारको अवस्थालाई समेत राहत कार्यक्रममा समेट्नुपर्ने बताएका छन्।

यो माग अहिलेको संकटको गहिराइसँग जोडिएको छ। बाढीले व्यवसायीको सम्पत्ति नष्ट गरेको छ। आम्दानी रोकिएको छ। कर्मचारीको रोजगारी प्रभावित भएको छ। बैंक ऋणको दायित्व कायमै छ। पुनर्निर्माणका लागि फेरि पूँजी चाहिएको छ। त्यसैले सामान्य राहत वितरणले मात्र पर्यटन व्यवसायलाई पुरानो अवस्थामा फर्काउन कठिन छ।

सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै योजना बनाउनुपर्ने अवस्था देखिएको छ। मन्त्रालयको प्रारम्भिक तथ्यांकमै १४२ होटल, ५७ रेस्टुरेन्ट र १४१ पर्यटनसम्बन्धी सवारीसाधनमा क्षति देखिएको छ। साथै २७ वटा धार्मिक तथा सांस्कृतिक सम्पदामा पनि क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

अर्कोतर्फ विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरणले बाढीले घर, बजार, सडक, पुल, भन्सार तथा जलविद्युत् पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको जनाएको छ। करिब १० हजार घरधुरी तत्काल राहतको आवश्यकता पर्ने अवस्थामा रहेको उल्लेख छ।

यसले पर्यटन व्यवसायलाई अलग्गै हेरेर पुनर्निर्माण गर्न नसकिने देखाउँछ। सडक बिग्रिएको छ भने पर्यटक पुग्दैन। पुल बगेको छ भने होटल सञ्चालन भए पनि ग्राहक आउँदैन। सञ्चार बन्द छ भने आपत्कालीन सेवा प्रभावित हुन्छ। पदमार्ग नबनेसम्म ट्रेकिङ व्यवसाय सामान्य हुँदैन।

त्यसैले पर्यटन पुनरुत्थान पूर्वाधार पुनर्निर्माणसँग जोडिएको विषय बनेको छ।

बाढीको असर अब होटलभन्दा बाहिर

भोटेकोशी बाढीपछि पर्यटन क्षेत्रले सामना गरिरहेको संकटलाई होटल र रेस्टुरेन्टको क्षतिमा मात्र सीमित गरेर हेर्दा वास्तविक असर छुट्छ।

पर्यटक आएपछि होटलमा बस्छ। होटलमा बस्दा स्थानीय खाना खान्छ। गाडी प्रयोग गर्छ। गाइड र पोर्टर लिन्छ। स्थानीय उत्पादन किन्छ। पदयात्रा गर्छ। त्यसबाट स्थानीय व्यवसाय चल्छ।

पर्यटक नआए यो पूरा शृंखला प्रभावित हुन्छ। यही कारण पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति अनुमानलाई गम्भीर रूपमा लिनुपर्ने अवस्था छ। मन्त्री पौडेलले सार्वजनिक गरेको यो प्रारम्भिक आँकडा विपत्तिपछि पर्यटन व्यवसायले सामना गरिरहेको आर्थिक जोखिमको पहिलो सरकारी चित्र हो।

अबको चुनौती पुनर्निर्माणसँगै पर्यटकको विश्वास कायम राख्नु हो। अगस्टमा पर्यटक आगमन ३.६५ प्रतिशत घटेको अवस्थामा सेप्टेम्बर र अक्टोबरमा हुने परिवर्तन अझ महत्वपूर्ण हुनेछ।

यदि मुख्य सिजनमा बुकिङ थप घट्यो भने त्यसको असर होटल र ट्राभल कम्पनीमा मात्र पर्ने छैन। रोजगारी, स्थानीय उत्पादन, यातायात, गाइड, पोर्टर र सरकारको पर्यटनसम्बन्धी आम्दानीसम्म पुग्नेछ।

यसकारण अहिले पर्यटन क्षेत्रलाई तत्कालीन राहतभन्दा ठूलो योजना आवश्यक छ।

प्रभावित होटलको वास्तविक संख्या र क्षति यकिन गर्नुपर्नेछ। बाढीले क्षति पुर्‍याएका पदमार्ग र सडकको पुनर्निर्माण गर्नुपर्नेछ। व्यवसायीको कर्जा पुनर्संरचना गर्नुपर्नेछ। प्रभावित कर्मचारीलाई संरक्षण गर्नुपर्नेछ। पर्यटकका लागि सुरक्षित र असुरक्षित गन्तव्य छुट्याएर नियमित सूचना दिनुपर्नेछ।

सबैभन्दा महत्वपूर्ण कुरा आगामी मुख्य सिजनअघि पुनरुत्थानको स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्नेछ। बाढीले नेपालको पर्यटन उद्योगलाई पूर्वाधार, व्यवसायको नगद प्रवाह र पर्यटकको विश्वास तीनवटै क्षेत्रमा ठूलो असर पारेको छ।

पूर्वाधार फेरि बनाउन सकिन्छ। क्षतिग्रस्त होटल पुनर्निर्माण गर्न सकिन्छ। व्यवसायीको ऋण पुनर्संरचना गर्न सकिन्छ।

तर पर्यटकको विश्वास फर्काउन समय लाग्छ। अहिलेको चुनौती त्यही विश्वास जोगाउनु हो। प्रभावित क्षेत्रको वास्तविकता लुकाएर पर्यटक बोलाउनु पनि सही होइन। एउटा क्षेत्रमा आएको विपत्तिका कारण सिंगो नेपाल असुरक्षित भएको सन्देश फैलिन दिनु पनि सही होइन।

नेपालको पर्यटनले अहिले प्रचारभन्दा बढी तथ्यमा आधारित सूचना, सुरक्षित पूर्वाधार र व्यवसाय पुनरुत्थानको ठोस योजना खोजिरहेको छ।

बाढीको पानी घट्दै जाँदा मानवीय उद्धार र राहतको कामसँगै पर्यटन क्षेत्रको अर्को संघर्ष सुरु भएको छ। त्यो संघर्ष पर्यटक फर्काउने, व्यवसाय उठाउने र मुख्य सिजन जोगाउने हो।

Previous Post

फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई विवरण बुझाउन ७ दिने अल्टिमेटम

Next Post

मन्त्रिपरिषद्को बैठक बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

३१ भदौ २०८३,
अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
आर्थिक

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

३१ भदौ २०८३,
स्वास्थ्य जनशक्तिमा गहिरिँदो संकट
फिचर-ब्यानर

स्वास्थ्य जनशक्तिमा गहिरिँदो संकट

३१ भदौ २०८३,
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
आवाज

मन्त्रिपरिषद्को बैठक बस्दै

३१ भदौ २०८३,
फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई विवरण बुझाउन ७ दिने अल्टिमेटम
फिचर-ब्यानर

फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई विवरण बुझाउन ७ दिने अल्टिमेटम

३१ भदौ २०८३,
बालेनसँग सहमति भएपछि रवि भन्छन्- सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो
आवाज

सर्वदलीय बैठक बस्दै

३१ भदौ २०८३,
Load More
Next Post
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

मन्त्रिपरिषद्को बैठक बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In