• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता

    आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत: किसानको गुनासो सुन्दै आयोजना प्रमुख

metakhabar by metakhabar
३१ भदौ २०८३,
0
सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत: किसानको गुनासो सुन्दै आयोजना प्रमुख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माण कार्यलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग सुझाव सङ्कलन गरेको छ।

आयोजनाले पूर्वी नहर प्रणालीअन्तर्गत पर्ने राजकुलो शाखा, उपशाखा तथा प्रशाखा नहरबाट सिँचाइ सुविधा लिइरहेका र भविष्यमा लिने सोच बनाएका किसान तथा सरोकारवालालाई लक्षित गरी मङ्गलवार राप्ती सोनारी गाउँपालिका-३ बैजापुरमा गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा आयोजनाका निर्देशक राजु आचार्यले स्वयं उपस्थित भएर किसानका समस्या तथा गुनासो सुनेका छन्। आयोजनाले जनताको राय सुझाव सङ्कलन गर्दै निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरिएको उनले बताएका छन्।

‘आयोजना किसानका लागि हो,’ आयोजना निर्देशक आचार्य भन्छन्, ‘भइरहेको कामप्रति किसानको राय बुझ्न गुनासो सुनुवाइ कार्यक्रम गरिरहेका छौँ।’ उनका अनुसार यसअघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरअन्तर्गतका चार शाखा नहरमा गुनासो सुनुवाइ तथा सुझाव सङ्कलन भइसकेको छ। अब पूर्वी नहरका बाँकी शाखाअन्तर्गतका किसानमाझ पनि गुनासो सुनुवाइ गरिनेछ। दुई-तीन वर्षभित्रै शाखा तथा उपशाखा नहर निर्माणको काम सम्पन्न गर्ने गरी आयोजनाले किसानको राय-सुझाव सङ्कलन गरिरहेको उनले बताए।

बैजापुरमा आयोजित कार्यक्रममा किसानले बिना अवरोध आफूहरूले सिँचाइ पानी पाउनुपर्ने माग राखेका छन्। स्थानीयवासीसमेत रहेका संविधानसभा सदस्य पट्टु थारूले सरोकारवाला किसानसँग छलफल गरेर आयोजनाले काम अगाडि बढाउनु सकारात्मक भएको बताएका छन्। राप्ती सोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरी र सिँचाइ महासङ्घ बाँकेका पूर्वअध्यक्ष शालिकराम डाँगीले किसानले सहज रूपमा सिँचाइ सुविधा पाउनुपर्नेमा जोड दिएका छन्।

आयोजना निर्देशक आचार्यका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वाधार निर्माणतर्फ २४ अर्ब रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिएका छन्।

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसकेको आयोजना निर्देशक आचार्यले बताए।

Previous Post

टिकटक र फेसबुक बने म्याग्दीका रैथाने वस्तु बेच्ने माध्यम, वार्षिक ४० लाखको कारोबार

Next Post

सर्वदलीय बैठक बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

१ अशोज २०८३,
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
समाचार

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

१ अशोज २०८३,
व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
समाचार

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

१ अशोज २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

१ अशोज २०८३,
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता
समाचार

आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

१ अशोज २०८३,
१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

१ अशोज २०८३,
Load More
Next Post
बालेनसँग सहमति भएपछि रवि भन्छन्- सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो

सर्वदलीय बैठक बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In