• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

metakhabar by metakhabar
१५ भदौ २०८३,
0
ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ । उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ ।

दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका केही युवाका लागि भने आफ्ना पुर्खाले छाडेर गएको संस्कृति जोगाउने अभियान हो । कुनै समय नेवार समुदायको परम्परा, पहिचान र मनोरञ्जनसँग अभिन्न रूपमा जोडिएको लाखेनाच पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । पुरानो पुस्ताले बिर्सिँदै गएको यही परम्परालाई जोगाउन यहाँका नयाँ पुस्ताका युवा अहिले सक्रिय भएका छन् ।

पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवाले लाखेनाचलाई अभियानकै रूपमा अघि बढाएका छन् । उनीहरूले घण्टाकर्णदेखि भगवती जात्रा अर्थात् कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ लाखेनाच प्रदर्शन गर्दै आएका छन् ।

समूहका अध्यक्ष किरण चित्रकारका अनुसार यस अभियानको उद्देश्य केवल नाच देखाउनु होइन, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नु हो । “बाबुबाजेको परम्परा बिर्सिन थाल्यौँ, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ”, चित्रकार भन्छन्, “लाखेनाच विस्तारै लोप हुँदै जान थालेको छ ।”

नेवारी संस्कृति अन्य समुदायमाझ लोकप्रिय भए पनि आफ्नै समुदायले त्यसको संरक्षण गर्न नसकेकामा चित्रकारको चिन्ता छ । “अरू समुदायमाझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ, तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ”, उनी भन्छन्।

चित्रकारका अनुसार पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि पाल्पा र आसपासका जिल्लामा लाखेनाचको प्रचलन सुरु भएको र त्यसले अहिलेसम्म निरन्तरता पाएको छ ।

मणिमुकुन्द सेनले काष्ठकला र संस्कृतिकलामा निपुण नेवार समुदायलाई पाल्पा ल्याएको र उनीहरूमार्फत गुठी तथा जात्रा परम्परामार्फत लाखेनाच पाल्पा भित्र्याएको इतिहासका जानकार बताउँछन् ।

लाखेनाचको आकर्षण यसको मुखौटा, वेशभूषा, बाजाको तालले दर्शकलाई छुट्टै रौनकता थप्ने गरेको छ । लाखेनाचमा डरलाग्दो मुखौटाको आकर्षणले बालबालिकादेखि पाका पुस्तासम्म यसको अवलोकनका लागि झुम्मिने गरेको इतिहासका जानकार पुष्करराज रेग्मी बताउँछन् ।

बाजाको तालमा लाखेको हाउभाउ, ढोल र झ्याम्टाको ताल र आकर्षक वेशभूषासहितको नाचले सबैलाई आकर्षित गर्ने गरेको उनले बताए । लोप हुन लागेको लाखेनाच संरक्षणका लागि पाल्पाली नाट्य कला सांस्कृतिक समूहले तानसेनका बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल र वसन्तपुरलगायतका स्थानमा हरेक दिन साँझ ६ः०० बजेदेखि करिब तीन घण्टासम्म लाखेनाच प्रदर्शन गर्दै आएको छ ।

यो नाच काठमाडौँ उपत्यकामा प्रचलित परम्पराका रूपमा चिनिए पनि पछिल्लो समय पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुँदै गएको छ । तानसेनबाहेक नेवार बस्ती रहेका रामपुर, सराई, हार्थोक र आर्यभञ्ज्याङमा लाखेनाच नाच्ने परम्परा रहेको छ ।

मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एक लाखे र अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौँरी गाईको चमर, महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् । संस्कृतिको संरक्षणमा पाल्पालीले सुरु गरेको अभियानलाई छिमेकी जिल्लाका सरोकारवालाले पनि सकारात्मक रूपमा लिएका छन् ।

Previous Post

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात

Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आवाज

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

२९ अशोज २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

२९ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
Load More
Next Post
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In