• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

metakhabar by metakhabar
६ भदौ २०८३,
0
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी। बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् ।

“गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पु¥यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भन्नुभयो ।

मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि । “शौंचालय र भान्सा घरमा क्षतिमा पु¥याएको छ । पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,” भुवनले भन्नुभयो, “डराइ–डराइ बस्नुपरेको छ । पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ ।”

गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखीममा परेका छन् । स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मिना बोहरा, गम्भिरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा रहेको छ ।

लगातारको पहिरोका कारण गाउँ नै त्रासमा रहेको स्थानीय लालबहादुर बोहराले बताउनुभयो । पानी परेको समयमा घर छोडेर छिमेकीको घरमा जाने गरेको उहाँले जानकारी दिनुभयो ।

विसं “२०७८ देखि पहिरो जान थालेको हो । त्यसपछि लगातार पहिरो खसिरहेको छ,” उहाँले भन्नुभयो, “पटकपटक पहिरोको दीर्घकालिन रोकथामका लागि सम्बन्धीत निकायसँगै माग गर्दै आएको भएपनि कुनै सुनुवाई भएन । अहिले पहिरोको जोखीम बढ्दै गएको छ ।”

स्थानीयले पहिरो जोखीम कायमै रहेकाले बस्ती नै सार्नुपर्ने माग गरेका छन् । “घरमाथीको सबै जमिन चर्किएको छ । खानेपानीको पनि समस्या छ । बालबालिकालाई विद्यालय जान बाटो छैन,” पहिरोको जोखीममा रहेका कृष्ण बोहराले भन्नुभयो, “दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो ।”

४० रोपनी बढी खेतियोग्य जमिनमा क्षति

स्थानीय गम्भिर बोहराले लगातारको पहिरोका कारण आफ्नो मात्रै करिब १५ रोपनी बढी खेतियोग्य जमिनमा क्षति पु-याएको बताउनुभयो । “पहिरोले मकै बाली लगाएको सबै खेतियोग्य जमिन बगायो । घर पनि जोखीममा छ । अब जाने काँ ?”, बोहराले आँखाबाट आशु झार्दै भन्नुभयो ।

बाँकी जमिन पनि चर्किएकाले थप क्षति हुन सक्ने स्थानीयले बताएका छन् । सुर्नया गाउँपालिका–८ वडाअध्यक्ष भानबहादुर बोहराले ४० रोपनीबढी मकैबाली लगाएको खेतियोग्य जमिनमा क्षति पुर्याएको बताउनुभयो । सो क्षेत्रमा मात्रै ४० रोपनी बढी खेतियोग्य जमिनमा पहिरोले क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो ।

प्रजिअसहितको टोलिद्वारा स्थलगत निरीक्षण
शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ । सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई अर्काे स्थानमा स्थानान्तरणको आवश्यकता रहेको बताउनुभयो । बस्ती स्थानान्तरणका लागि टेन्ट तथा त्रिपाल लगायतका सामग्री लगायतका जोहो गर्नुपर्ने भएकाले यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

“पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिसकेका छौँ,” प्रजिअ अर्यालले भन्नुभयो ।

पहिरोले बाटोसमेत बगाएकाले विद्यार्थीलाई आधा घण्टाको दुरीमा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्ने छ ।

Previous Post

पहिरोले विभिन्न सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

Next Post

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
खेलमैदान

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

६ भदौ २०८३,
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
आर्थिक

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

६ भदौ २०८३,
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

६ भदौ २०८३,
सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना
समाचार

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

६ भदौ २०८३,
Load More
Next Post
सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In