रोग प्रतिरोधात्मक तरिका जसले पालना गर्दछ त्यही व्यक्ति असल वैद्य र डाक्टरभन्दा पनि अगाडि हुन्छ । डाक्टर र वैद्यले पनि त्यो पेशा पकड्नुभन्दा अगाडि नै स्वास्थ्यका केही दखल पारी सक्नुभएको हुनसक्छ । निम्त कार्यले रोग प्रतिरोधात्मक शक्ति प्राप्त गर्न मद्दत गर्दछ ः
प्रथमः प्रथमतः हामीले सधैँ व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुपर्दछ ।
दोस्रोः सात्विक आहार जो पहिलो खण्डमा बताइएको छ । खानपान तरिका सुधार्ने ।
तेस्रोः प्रशस्त मात्रामा सफा पानी पिउने र गरिष्ट भोजन नगर्ने ।
चौथोः व्यायाम, योगासान, प्राणायम र कसरत गर्ने यसको तरिका । प्रथम खण्डमा सविस्तार वर्णन गरिएको छ ।
पाचौँः पूजा, पाठ, न्यास, ध्यान, प्रकृति दर्शन र घुमफिर गर्ने ।
छैटौँः नियमित शौच, स्नान र सरसफाइ गर्ने ।
सातौँः प्राकृतिक आचरण गर्ने ।
आठौँः आफ्नो आचरण र व्यवहारमा सुधार गर्ने ।
नवौँः नास्ता र भोजनको उचित समय अनुसार प्रयोग ।
दशौँः वंशजीय आचरण गर्ने ।
एघारौँः बिहानै उषाकालमा उठेर पानी खाने (उषापान)
बाह्रौँः ऋतु अनुसार चल्ने ।
तेह्रौँः दैनिक प्रयोगका सामानको सरसफाइ गर्ने ।
चौधौँः रोग प्रतिरोधात्मक खोपको प्रयोग गर्ने ।
पन्ध्रौँः असल पात्र (साथी)को छनौट र असल भाँडा वर्तनको प्रयोग गर्ने ।
सोह्रौँः मीठो बोल्ने, मन खोलेर हाँस्ने, मन, वचन र कर्ममा तादात्म्य राख्ने आदि तरिका अपनाउने ।
साभारः ‘दीर्घजीवन’ पुस्तकबाट













