• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

metakhabar by metakhabar
३ भदौ २०८३,
0
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली सामानमा लगाउने तयारी गरिएको ५० प्रतिशत शुल्क तीन दिनका लागि स्थगित गर्नुभएको छ । अमेरिका र क्यानाडाबीच व्यापार सम्झौताको अन्तिम दस्तावेज तयार पार्ने काम भइरहेकाले शुल्क कार्यान्वयन केही दिन पछि सारिएको उहाँले बताउनुभएको छ ।

शुल्क बुधबारदेखि लागू गर्ने तयारी गरिएको थियो । त्यसको केही घन्टाअघि मङ्गलबार दिउँसो ट्रम्पले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग तत्काल वार्ता गर्नुभएको थियो । त्यसपछि सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले अमेरिका र क्यानाडाबीच दस्तावेजलाई अन्तिम रूप दिन बाँकी रहेको अवस्थामा सम्झौता भइसकेको उल्लेख गर्दै शुल्क स्थगित गरिएको जानकारी दिनुभएको हो ।

दुवै नेताबीच सोमबार पनि कुराकानी भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्नीले वार्ता निकै ‘गम्भीर र संवेदनशील’ चरणमा पुगेको बताउनुभएको थियो । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सामाजिक सञ्जाल एक्समा अमेरिका–क्यानाडा समझदारीमा अमेरिकी सामानका लागि व्यापक बजार पहुँच, आर्थिक सुरक्षासम्बन्धी प्रतिबद्धता र डिजिटल व्यापारमा समन्वयलगायत विषय समेटिएको जनाएको छ ।

कार्यालयका अनुसार क्यानाडाले अमेरिकी सामानमाथि गरिएको भेदभाव वा अनुचित तथा असमान व्यवहार हटाउने प्रतिबद्धता व्यक्त गरेपछि शुल्क स्थगित गरिएको हो ।

ह्वाइट हाउसले क्यानाडाले अमेरिकी मदिरा, मोटरगाडी र दुग्धजन्य उत्पादनमाथि ‘भेदभावपूर्ण व्यवहार’ गरेको आरोप लगाउँदै गत महिना ट्रम्पले ५० प्रतिशत शुल्क लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । प्रस्तावित शुल्क वाइन, हक्की स्टिक र सिमेन्टलगायत क्यानाडाली उत्पादनमा लागू हुने थियो ।

अक्सफोर्ड इकोनोमिक्सका अनुसार प्रस्तावित शुल्कले क्यानाडाबाट अमेरिकामा हुने निर्यातको करिब ५.५ प्रतिशत अर्थात् लगभग २० अर्ब अमेरिकी डलर बराबरको व्यापार प्रभावित हुने थियो । शुल्कले क्यानाडाको समग्र अर्थतन्त्रमा सामान्य नकारात्मक प्रभाव पार्ने भए पनि मध्य क्यानाडाको उत्पादन क्षेत्रमा भने गम्भीर असर पर्ने अनुमान गरिएको छ ।

नयाँ शुल्कबाट जोगिन तथा ट्रम्प प्रशासनले क्यानाडाको अटोमोबाइल, इस्पात, काठ र एल्युमिनियम उद्योगमा लगाउँदै आएका क्षेत्रगत शुल्कबाट राहत पाउन क्यानाडाली वार्ताकारहरू वासिङ्टनमा छलफल गरिरहेका छन् । क्यानाडाली सञ्चारमाध्यमका अनुसार ओटावाले अमेरिकी मदिरा तथा वाइनमाथिको प्रतिबन्ध हटाउन प्रान्तहरूलाई आग्रह गर्नेलगायतका छुट दिने प्रस्ताव अघि सारेको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा रोकिएको विवादास्पद ‘किस्टोन एक्सएल’ पाइपलाइन परियोजना पुनः अघि बढ्न सक्ने सङ्केतसमेत दिनुभएको छ । वातावरणीय अभियन्ताहरूले लामो समयदेखि विरोध गर्दै आएको उक्त परियोजना बाइडेन प्रशासनले वातावरणीय कारण देखाउँदै अघि बढ्न दिएको थिएन ।

पूर्व अमेरिकी वाणिज्य अधिकारी क्रिस्टोफर पादिलाका अनुसार व्यापार वार्तामा समयसीमा नजिकिँदा अन्तिम समयमा यस्ता घटनाक्रम देखिनु असामान्य होइन । उहाँले अमेरिका–मेक्सिको–क्यानाडा स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को पुनरावलोकन तथा नवीकरणका क्रममा ट्रम्प प्रशासनले क्यानाडाबाट प्रारम्भिक सहुलियत लिन शुल्कको धम्कीलाई वार्ताको दबाबका रूपमा प्रयोग गर्ने सम्भावना रहेको बताउनुभएको छ ।

अक्सफोर्ड इकोनोमिक्सले सिमेन्ट, कागज, मुद्रण, काठ, कपडा तथा विद्युतीय उपकरण उत्पादकलाई प्रस्तावित शुल्कबाट सबैभन्दा बढी असर पर्ने क्षेत्रका रूपमा औँल्याएको छ ।

अमेरिकी सर्वोच्च अदालतले यसै वर्षको सुरुआतमा ट्रम्प प्रशासनले विश्वभरका सामानमा लगाएका धेरै शुल्क खारेज गरेपछि क्यानाडालाई लक्षित नयाँ शुल्कका लागि प्रशासनले फरक कानूनी प्रावधान प्रयोग गरेको थियो । प्रस्तावित शुल्क क्यानाडाली ऊर्जा, पोटास र यसअघि नै क्षेत्रगत शुल्क लागिरहेका केही सामानमा भने लागू नहुने जनाइएको छ । यद्यपि युएसएमसिएअन्तर्गत पर्ने अन्य क्यानाडाली उत्पादन प्रभावित हुने थिए ।

ट्रम्प प्रशासनका व्यापार प्रतिनिधि जेमिसन ग्रियरले यसअघि अमेरिकी सामानमाथि क्यानाडाले गरेको प्रतिशोधात्मक कदमको जवाफ दिन शुल्क लगाइएको बताउनुभएको थियो । उहाँका अनुसार क्यानाडाका विभिन्न प्रान्तले अमेरिकी मदिरा पसलका तख्ताबाट हटाएका छन् भने युरोपेली सङ्घबाट आयात हुने दुग्धजन्य उत्पादनलाई समेत क्यानाडाली बजारमा थप पहुँच दिइएको छ ।

अमेरिका र क्यानाडाबीचको वार्ता अबको तीन दिनमा अन्तिम रूप लिने वा शुल्क पुनः कार्यान्वयन हुने भन्ने विषयमा केन्द्रित हुनेछ ।

Previous Post

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

Next Post

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
आर्थिक

मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

३ भदौ २०८३,
बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम
समाचार

राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

३ भदौ २०८३,
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

३ भदौ २०८३,
Load More
Next Post
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In