काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरको लागि एकै खेलमा चार गोल गरेका छन् । गएराती सम्पन्न खेलमा अल वेहडाविरुद्धको खेलमा अल नासरका लागि रोनाल्डोले ४ गोल गरेका हुन् ।
अल नासरले अल वेहडालाई ४–० ले पराजति गरेको खेलमा सबै चार गोल रोनाल्डोले गरेका हुन् । उनले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेका हुन् । यो जितपछि अल नासरको १६ खेलमा ३७ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।
योसँगै रोनाल्डोले विभिन्न लिगमा आफ्नो ५०० गोल पनि पुरा गरेका छन् । रोनाल्डोले साउदी प्रो लिगमा योसहित ३ खेलमा पाँच गोल गरेका छन् । यस अघि उनी खेलेका युभेन्टसबाट खेल्दै इटालियन सिरी ए मा ८१, रियल म्याड्रिडबाट खेल्दै स्पेनिस ला लिगामा ३११, म्यानचेस्टर युनाइटेडका दुवै पटकमा गरि प्रिमियर लिगमा १०३ गोल गरेका छन् भने स्पोर्टिंग सिपिबाट पोर्चुगीच लिगमा ३ गोल गरि सबै लिगमा ५०३ गोल गरेका छन् ।












