• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

metakhabar by metakhabar
२५ साउन २०८३,
0
तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र यसको उत्कृष्ट प्रकार ‘जेटर’ उत्पादन गर्दै शताब्दीयौँ पुरानो बुनाइ परम्पराको संरक्षणमा योगदान पुर्याएको छ ।

‘एथनिक हुआजी ह्यान्डओभन कोअपरेटिभ’मा दर्जनौँ महिला तथा पुरुष काठका तानमा ऊनका धागो बुन्दै आएका छन् । सहकारीले स्थानीय बासिन्दालाई रोजगारी दिनुका साथै नयाँ पुस्तालाई परम्परागत बुनाइ सीप हस्तान्तरण गर्दै आएको छ ।

तिब्बती कालीगढ पासाङले सन् २००८ मा स्थापना गरेको उक्त सहकारीमा अपाङ्गता भएका व्यक्तिसहित एक सयभन्दा बढी स्थानीयले रोजगारी पाएका छन् ।
सहकारी ‘जेटर’ उत्पादनमा विशेष दक्षता राख्छ । पुलुको उत्कृष्ट तथा मसिनो प्रकार मानिने जेटर भेडाको घाँटी र ढाडको नरम ऊनबाट तयार गरिन्छ । सामान्य पुलुमा प्रयोग हुने ऊनको तुलनामा जेटरका लागि प्रयोग हुने मसिनो ऊनबाट धागो कात्न कठिन हुने पासाङले बताउनुभयो ।

उहाँका अनुसार जेटर सामान्य पुलुभन्दा हलुका, नरम र कोमल हुन्छ । मिङ वंशको शासनकालमा यसलाई तिब्बतबाट चिनियाँ शाही दरबारमा उपहार वा सम्मानस्वरूप पठाउने गरिन्थ्यो ।

आफ्ना आमाबुबाबाट बुनाइ सीप सिक्नुभएका पासाङका अनुसार आफूले यो सीप सिक्ने समयमा जेटर बुन्न जान्ने मानिसको सङ्ख्या १० भन्दा कम थियो । उक्त परम्परागत सीपलाई चीनको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाका रूपमा मान्यता दिइएको र नयाँ पुस्ताले यसको संरक्षण गर्ने उहाँको विश्वास छ ।
जेटर उत्पादनमा प्रयोग हुने ऊन समुद्री सतहबाट करिब तीन हजार ७०० मिटर उचाइमा रहेको शान्नान क्षेत्रमा पालिएका भेडाबाट प्राप्त गरिन्छ ।

सहकारीको कार्यशालामा तिब्बतका सातौँ शताब्दीका राजा सोङत्सेन गम्पो र चिनियाँ राजकुमारी वेनचेङका मूर्ति पनि राखिएका छन् । स्थानीय परम्पराअनुसार, राजकुमारी वेनचेङले राजासँग विवाह गरेपछि तिब्बतमा बुनाइ प्रविधि भित्र्याएको र त्यसपछि यस कलाको विकास भएको मानिन्छ ।
सहकारीको शोरुममा पुलु र जेटरबाट निर्मित स्कार्फ,

सल, ज्याकेट, झोलालगायतका सामग्री बिक्रीका लागि राखिएका छन् । पासाङका अनुसार चीनका अन्य क्षेत्रबाट पनि ग्राहक आउने गरे पनि उत्पादनको मुख्य बजार तिब्बतमै रहेको छ ।

Previous Post

प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

Next Post

गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

metakhabar

metakhabar

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In