• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

    फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

    समावेशिता नारामा मात्रै नभई समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्छ : उपराष्ट्रपति यादव

    समावेशिता नारामा मात्रै नभई समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्छ : उपराष्ट्रपति यादव

    फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ

    फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ

    भदौदेखि नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै रास्वपा

    भदौदेखि नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै रास्वपा

    परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ : सभापति थापा

    बालेनबारे गगनको टिप्प्णीः गिरिजाप्रसादले जस्तो जोखिम उठाउनुपर्थ्यो, तपार्ईंले मेसो पाउनुभएन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२४ साउन २०८३,
0
फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

default

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ ।

फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल बनाउन चालु आर्थिक वर्ष २०८३/८४ मा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै गण्डकी प्रदेश सरकारले प्रक्रिया थालेको हो ।

गतवर्ष सङ्घीय सरकारले बेलिब्रिज उपलब्ध गराउने, प्रदेश सरकारले जडान गर्ने र पहुँचमार्ग बनाउने समझदारी जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण कार्यान्वयन नहुँदा प्रदेश सरकारले विनियोजन गरेको रु एक करोड बजेटबाट काम हुन सकेन ।

सवारीसाधनको अत्यधिक चाप हुने बेनी–दरवाङ सडकमा बेलिब्रिज बनाउँदा जोखिम हुने प्राविधिक प्रतिवेदनको आधारमा प्रदेश सरकारले सात करोड ५० लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरे पनि ठेक्का आह्वान नभएको जनाउँदै ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट पक्की मोटरेबल पुल बनाउने तयारी सुरु गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा महेन्द्र बानियाँले बताए ।

उनका अनुसार एउटै कम्पनी वा ठेकेदारले डिजाइन (नक्सा, प्राविधिक विवरण) तयार र निर्माण गर्ने परियोजना कार्यान्वयन गर्ने ठेक्का प्रणालीलाई डिजाइन एण्ड बिल्ड भन्ने गरिन्छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो पर्दछ ।

विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखि हरेक बर्खायाममा वर्षा हुने बित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ भने दुर्घटनाको जोखिम बढाएको स्थानीय बताउँछन् ।

माथिबाट पहिरो खसिरहने र साँघुरो उक्त ठाउँको सडकबाट पछिल्लो दुई महिनामा दुई वटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएका थिए । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

घुमाउने भनेर चिनिने फापरखेत पहिरोले स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्‍याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ ।

साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ । जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाइ छ ।

म्याग्दी नदीमा निर्माणाधीन पाँच वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेसन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरूमा पनि पहिरोका कारण असर परेको छ ।

तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ ।

पूर्वाधार विकास कार्यालयले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाउँदै आएको छ । रासस

Previous Post

समावेशिता नारामा मात्रै नभई समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्छ : उपराष्ट्रपति यादव

Next Post

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
आर्थिक

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

२४ साउन २०८३,
समावेशिता नारामा मात्रै नभई समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्छ : उपराष्ट्रपति यादव
समाचार

समावेशिता नारामा मात्रै नभई समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्छ : उपराष्ट्रपति यादव

२४ साउन २०८३,
फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ
फिचर-ब्यानर

फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ

२४ साउन २०८३,
भदौदेखि नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै रास्वपा
फिचर-ब्यानर

भदौदेखि नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै रास्वपा

२४ साउन २०८३,
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ : सभापति थापा
फिचर-ब्यानर

बालेनबारे गगनको टिप्प्णीः गिरिजाप्रसादले जस्तो जोखिम उठाउनुपर्थ्यो, तपार्ईंले मेसो पाउनुभएन

२४ साउन २०८३,
सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा
आर्थिक

सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

२४ साउन २०८३,
Load More
Next Post
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In