• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह

    बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारको करदाता उपहार योजना सुरु,पहिलो बम्पर विजेताले जिते १० लाख

metakhabar by metakhabar
२२ साउन २०८३,
0
सरकारको करदाता उपहार योजना सुरु,पहिलो बम्पर विजेताले जिते १० लाख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा सुरु गरेको छ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा साउन १ देखि १५ गतेसम्मका विजेताको घोषणा गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो। वस्तु तथा सेवा खरिद–बिक्रीमा बिल लिने–दिने संस्कारलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई औपचारिक, पारदर्शी र कर प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सरकारले जनाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट)लाई राजस्वको दिगो स्रोतका रूपमा विकास गर्ने लक्ष्य पनि यससँग जोडिएको छ।

आन्तरिक राजस्व विभागका अनुसार साउन १ देखि १५ गतेसम्मका १६ जना विजेता छनोट भएका छन्। प्रत्येक दिनका एक–एक जना गरी १५ जना दैनिक विजेता र एक जना बम्पर विजेता रहेका छन्। दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ र बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले विजेताको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्‍यान्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको जानकारी दिए। यो पूर्ण रूपमा कम्प्युटरमा आधारित प्रणाली भएकाले छनोट प्रक्रियामा कुनै मानवीय हस्तक्षेप वा विभेद नहुने उनको भनाइ छ।

विभागका अनुसार साउन १ देखि १५ गतेसम्म उपभोक्ताले गरेका ७ हजार ७७ वटा नगद कारोबार प्रणालीमा दर्ता भएका छन्, जसको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ। यी कारोबारमा ३ हजार ९१५ विक्रेता सहभागी छन्।

यही अवधिमा अनलाइन भुक्तानीमार्फत २ करोड ५६ लाख ८ हजारभन्दा बढी कारोबार भएका छन्, जसको कुल मूल्य ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबर रहेको विभागले जनाएको छ। अनलाइन भुक्तानीबाट भएका कारोबार भने स्वतः उपहार कार्यक्रममा समावेश हुने भएकाले छुट्टै विवरण दर्ता गर्नुपर्ने व्यवस्था छैन।

विजेताको कुपन नम्बर र संक्षिप्त विवरण विभागको वेबसाइटमा सार्वजनिक गरिनेछ। व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरिने विभागले जनाएको छ। पुरस्कार जित्ने उपभोक्ताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा गई पुरस्कार दाबी गर्न सक्नेछन्।

साउनको पहिलो १५ दिनको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले जितेका छन्। उहाँले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने विभागले जनाएको छ।

Previous Post

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

Next Post

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार
अन्तर्राष्ट्रिय

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

२२ साउन २०८३,
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा
फिचर-ब्यानर

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

२२ साउन २०८३,
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
फिचर-ब्यानर

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

२२ साउन २०८३,
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
समाचार

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

२२ साउन २०८३,
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम
फिचर-ब्यानर

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

२२ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

२२ साउन २०८३,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In