• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

metakhabar by metakhabar
२२ साउन २०८३,
0
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २२ साउनः राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ ।

उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । उक्त अवधिमा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन करिब रु एक अर्ब ७४ करोड ६० लाखले वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयलाई रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो। सो वर्ष रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गर्दै कार्यालयले लक्ष्यको ९१.८६ प्रतिशत हासिल गरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो । त्यस वर्ष लक्ष्य प्राप्ति दर ७८.४० प्रतिशत पुगेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा रु २० अर्ब २४ करोड १८ लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएकामा रु १४ अर्ब चार करोड ५९ लाख २० हजार राजस्व सङ्कलन भएको थियो । त्यसबेला लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशत रहेको थियो ।

चार आर्थिक वर्षको तथ्याङ्कले लक्ष्य प्राप्ति दरमा निरन्तर सुधार भएको देखाएको छ । यस अवधिमा लक्ष्य प्राप्ति ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशत पुगेको छ । वार्षिक लक्ष्यमा केही उतारचढाव भए पनि वास्तविक राजस्व सङ्कलन भने पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको छ ।

विसं २०१३ मा स्थापना भएको मेची भन्सार कार्यालय नेपालका प्रमुख तथा रणनीतिक महत्वका भन्सार कार्यालयमध्ये एक हो। कार्यालय मातहत छ वटा छोटी भन्सार कार्यालय रहेकामा हाल गौरीगञ्ज छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको कार्यालयका सूचना अधिकारी माङ्कल राईले जानकारी दिनुभयो । अन्य छोटी भन्सार कार्यालय हाल सञ्चालनमा छैनन् ।

मेची भन्सारबाट भारत, चीन, बङ्गलादेश, भुटानलगायत मुलुकमा निकासी पैठारी हुँदै आएको छ ।

Previous Post

विश्वप्रकाशको रहस्यमय चीन भ्रमणले काँग्रेसमा तरंग, देउवासँग भेट्न हङकङ पुगेको अड्कलबाजी !

Next Post

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

metakhabar

metakhabar

सम्बन्धित खबर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
फिचर-ब्यानर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

२३ भदौ २०८३,
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
फिचर-ब्यानर

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

२३ भदौ २०८३,
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
फिचर-ब्यानर

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

२३ भदौ २०८३,
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

२३ भदौ २०८३,
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन
समाचार

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

२३ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
फिचर-ब्यानर

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

२३ भदौ २०८३,
Load More
Next Post
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In