• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’

metakhabar by metakhabar
२२ साउन २०८३,
0
एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली, २२ साउनः स्वस्थ जीवनशैली र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग र ध्यानलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्यमा आयुर्वेद र योग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा योग र ध्यान मानव जीवनका लागि असाध्यै महत्त्वपूर्ण रहेको उल्लेख गरियो ।

सामाजिक विकास मन्त्रालयकी सचिव रोशनीकुमारी श्रेष्ठले मानसिक स्वास्थ्य सुधारका लागि योग र ध्यान महत्त्वपूर्र्ण रहेको बताउनुभयो । उहाँले योगले मानिसको ध्यान, विचार र सोचलाई एकाग्र बनाउन मद्दत गर्ने भएकाले मानसिक स्वास्थ्य सुदृढ हुने बताउनुभयो ।

अव्यवस्थित खानपान, अस्वस्थ जीवनशैली र तनावका कारण देखिएका मानसिक समस्याको समाधानका लागि योग र ध्यान आवश्यक रहेको उहाँको भनाइ थियो । सचिव श्रेष्ठले आधुनिक चिकित्सा सेवासँगै आयुर्वेदको महत्व पनि बढ्दै गएको बताउँदै कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीति निर्माण गरी कार्यान्वयनमा जोड दिएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले मानसिक स्वास्थ्य सुधारका लागि योग र ध्यान उपयोगी हुने बताउनुभयो । उहाँले आयुर्वेद र आधुनिक चिकित्सा दुवैको आ–आफ्नो महत्व रहेको उल्लेख गर्दै दुवै प्रणालीलाई समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका डा लक्ष्मीनारायण तिवारीले आयुर्वेदको उद्देश्य रोगको मूल कारण पहिचान गरी उपचार गर्नु रहेको बताउनुभयो । उहाँले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथाम र व्यवस्थापनका लागि योग र ध्यान प्रभावकारी उपाय हुनसक्ने बताउनुभयो । कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Previous Post

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तका लागि दरखास्त आव्हान

Next Post

विश्वप्रकाशको रहस्यमय चीन भ्रमणले काँग्रेसमा तरंग, देउवासँग भेट्न हङकङ पुगेको अड्कलबाजी !

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
अन्तर्राष्ट्रिय

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

५ अशोज २०८३,
बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा
समाचार

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

५ अशोज २०८३,
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
फिचर-ब्यानर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

५ अशोज २०८३,
आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
Load More
Next Post
विश्वप्रकाशको रहस्यमय चीन भ्रमणले काँग्रेसमा तरंग, देउवासँग भेट्न हङकङ पुगेको अड्कलबाजी !

विश्वप्रकाशको रहस्यमय चीन भ्रमणले काँग्रेसमा तरंग, देउवासँग भेट्न हङकङ पुगेको अड्कलबाजी !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In