• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह

    बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका प्रवेश गरी सन्तान जन्माएर नागरिकता प्राप्त गर्ने पर्यटनविरुद्ध ट्रम्पको नयाँ आदेश

metakhabar by metakhabar
२२ साउन २०८३,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरालाई थप सीमित गर्ने आफ्नो अभियानलाई अघि बढाउँदै पर्यटनको उद्देश्यमा अमेरिका प्रवेश गरी सन्तान जन्माएर नागरिकता प्राप्त गर्ने अभ्यास (जन्म पर्यटन) लाई लक्षित गरिएको नयाँ कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गर्नुभएको छ । अमेरिकी सर्वोच्च अदालतले यसअघि उहाँको जन्मसिद्ध नागरिकतासम्बन्धी आदेशलाई असंवैधानिक ठहर गर्दै कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प प्रशासनले नयाँ स्वरूपमा नीति अघि सारेको हो ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग भइरहेको दाबी गर्नुभयो । उहाँले यस व्यवस्थालाई धेरै व्यक्तिले मजाकको विषय बनाएको उल्लेख गर्दै सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई ‘धेरै दुर्भाग्यपूर्ण’ भएको टिप्पणी गर्नुभयो । अदालतको निर्णयपछि प्रशासनले कानूनी सीमाभित्र रहेर नीति समायोजन गरिरहेको उहाँको भनाइ थियो ।

राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार स्टिफन मिलरका अनुसार नयाँ आदेशको उद्देश्य जन्मसिद्ध नागरिकताको अधिकारलाई थप सीमित गर्नु हो । उहाँले विदेशी आतङ्कवादी सङ्गठनसँग आबद्ध व्यक्तिका सन्तान, विदेशी सरकारको तर्फबाट लबिङ गर्ने वा काम गर्ने व्यक्तिका सन्तानलगायत केही श्रेणीका व्यक्तिलाई यस व्यवस्थाबाट बाहिर राख्ने लक्ष्य रहेको बताउनुभयो । यसबाट हालसम्म गलत रूपमा जन्मसिद्ध नागरिकताको सुविधा पाउँदै आएका ठूलो सङ्ख्याका व्यक्तिहरू भविष्यमा त्यसका लागि योग्य नहुने उहाँको दाबी छ ।

यसअघि ट्रम्प प्रशासनले जारी गरेको अर्को कार्यकारी आदेशमा अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका वा अस्थायी भिसामा रहेका अभिभावकबाट जन्मिएका बालबालिकाले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था गर्न खोजिएको थियो । तर तल्लो अदालतले अमेरिकी संविधानको १४औँ संशोधनको नागरिकतासम्बन्धी व्यवस्थाको आधारमा उक्त आदेश कार्यान्वयनमा रोक लगाएको थियो । अदालतले अमेरिकी भूमिमा जन्मिएका अधिकांश व्यक्तिले जन्मसिद्ध रूपमा नागरिकता पाउने संवैधानिक अधिकार रहेको स्पष्ट पारेको थियो ।

त्यसपछि सर्वोच्च अदालतले पनि तल्लो अदालतको निर्णयलाई सदर गरेको थियो । प्रधानन्यायाधीश जोन रोबट्र्सले लेख्नुभएको बहुमतको रायमा दुई जना रूढीवादी र तीन जना उदारवादी न्यायाधीशले समर्थन जनाउनुभएको थियो । अमेरिकी संविधानको १४औँ संशोधनमा “संयुक्त राज्य अमेरिकामा जन्मेका वा कानूनी रूपमा प्राकृतिककरण भएका तथा अमेरिकी क्षेत्राधिकारअन्तर्गत रहेका सबै व्यक्ति संयुक्त राज्यका नागरिक हुनेछन्” भन्ने व्यवस्था छ ।

यद्यपि उक्त व्यवस्था विदेशी कूटनीतिज्ञका सन्तानजस्ता अमेरिकी क्षेत्राधिकारअन्तर्गत नपर्ने व्यक्तिमा लागू नहुने कानूनी प्रावधान छ । साथै अमेरिकी अध्यागमन कानूनअनुसार कुनै व्यक्तिले मुख्य उद्देश्य सन्तान जन्माएर नागरिकता दिलाउने नियतले अमेरिका यात्रा गर्न लागेको ठहरिएमा कन्सुलर अधिकारीले भिसा अस्वीकार गर्न सक्ने व्यवस्था पनि विद्यमान छ ।

ट्रम्प प्रशासनले १४औँ संशोधन सन् १८६१–१८६५ को गृहयुद्धपछि पूर्वदासहरूको नागरिकताको अधिकार सुनिश्चित गर्न ल्याइएको तर्क गर्दै त्यसको उद्देश्य कागजातविहीन आप्रवासी वा अस्थायी आगन्तुकका सन्तानलाई जन्मसिद्ध नागरिकता प्रदान गर्नु नभएको जिकिर गर्दै आएको छ । प्रशासनले अमेरिकामा अवैध रूपमा रहेका वा अस्थायी भिसामा प्रवेश गरेका व्यक्तिहरू अमेरिकी संविधानले उल्लेख गरेको ‘क्षेत्राधिकारको अधीनमा’ नपर्ने व्याख्या गर्दै आएको छ ।

जन्मसिद्ध नागरिकतामाथि नियन्त्रण गर्ने ट्रम्प प्रशासनको पछिल्लो प्रयासलाई उहाँको कडा आप्रवासन नीतिको निरन्तरता मानिएको छ । उक्त अभियानअन्तर्गत लाखौँ कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने, विभिन्न देशका नागरिकलाई दिइँदै आएको निर्वासन सुरक्षा हटाउने तथा आप्रवासन प्रणालीलाई थप कडा बनाउने नीति अघि बढाइएको छ ।

Previous Post

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

Next Post

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

metakhabar

metakhabar

सम्बन्धित खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार
अन्तर्राष्ट्रिय

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

२२ साउन २०८३,
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा
फिचर-ब्यानर

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

२२ साउन २०८३,
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
फिचर-ब्यानर

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

२२ साउन २०८३,
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
समाचार

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

२२ साउन २०८३,
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम
फिचर-ब्यानर

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

२२ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

२२ साउन २०८३,
Load More
Next Post
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In