• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज सम्झौता अन्तिम चरणमा

    गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

    गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत

    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

    ‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

    ‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ साउन २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका, इरान र ओमानबीच हर्मुज जलघाँटीमा समुद्री आवागमन पुनः व्यवस्थित गर्ने अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको छ । गत महिना अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीपत्र (एमओयु) विफल भएपछि बढेको तनाव कम गर्दै युद्धविराम पुनःस्थापना र आणविक वार्ता पुनः सुरु गर्ने उद्देश्यसहित अमेरिकाले बुधबार सम्झौताको घोषणा गर्ने तयारी गरेको एक्सियोसले दुई क्षेत्रीय स्रोत र एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

प्रतिवेदनअनुसार प्रस्तावित व्यवस्थाले ६० दिनका लागि हर्मुज जलघाँटी हुँदै हुने समुद्री यातायात सञ्चालनको अन्तरिम ढाँचा तय गर्नेछ । यस अवधिमा खाडीभित्र प्रवेश गर्ने जहाजहरू इरानी जलक्षेत्रको उत्तरी जलमार्गबाट सञ्चालन हुनेछन् भने बाहिरिने जहाजहरूले इरानसँगको समन्वयमा ओमानी जलक्षेत्रको दक्षिणी मार्ग प्रयोग गर्ने व्यवस्था रहनेछ । यस अवधिभर कुनै पनि जहाजबाट टोल वा पारवहन शुल्क नलिने सहमति भएको जनाइएको छ ।

सम्झौतामा ३० दिनभित्र मध्य जलमार्गमा राखिएका नौसैनिक बारुदी सुरुङ हटाउने योजना पनि समावेश गरिएको छ । त्यसपछि उक्त मार्गलाई इरान र ओमानबीच हुने स्थायी व्यवस्थाअन्तर्गत दुवैतर्फका जहाज आवागमनका लागि प्रयोग गर्ने तयारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

एक्सियोसका अनुसार ह्वाइट हाउस, ओमान र अन्य क्षेत्रीय मध्यस्थकर्ताले करिब तीन साताअघि पनि यस्तै समझदारी भएको विश्वास गरेका थिए । तर त्यसपछि इरानले जहाजमाथि आक्रमण पुनः सुरु गरेको आरोप लागेपछि दुई सातासम्म तनाव बढ्दै क्षेत्रीय सुरक्षा अवस्था जटिल बनेको थियो ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रका साझेदार मुलुकसँग परामर्शपछि कूटनीतिक प्रयासलाई थप समय दिने निर्णय गर्दै इरानविरुद्ध तत्काल व्यापक सैन्य कारबाही नगर्ने निर्णय गर्नुभएको थियो । यद्यपि छिट्टै सहमति नभए सैन्य विकल्प खुला रहने चेतावनी पनि उहाँले दिनुभएको थियो ।

प्रतिवेदनका अनुसार वार्तामा ओमान र इरानसँगै कतार, पाकिस्तान र साउदी अरेबियाले पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका छन् भने ह्वाइट हाउस प्रत्यक्ष रूपमा संवाद प्रक्रियामा संलग्न रहेको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकोफले पछिल्ला दिनमा इरानी विदेशमन्त्री अब्बास अराघची र ओमानी विदेशमन्त्री बद्र अल–बुसाइदीसँग पटक–पटक छलफल गर्नुभएको एक्सियोसले जनाएको छ । दुई क्षेत्रीय स्रोतका अनुसार अराघचीले सप्ताहन्तमै प्रस्तावित व्यवस्थाप्रति सैद्धान्तिक सहमति जनाउनुभएको थियो, तर अन्तिम स्वीकृतिका लागि इरानका सर्वोच्च नेता मोजताबा खमेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को अनुमोदन आवश्यक थियो ।

एक अमेरिकी अधिकारी र एक क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै एक्सियोसले इरानको नेतृत्वले मङ्गलबार स्वीकृति प्रक्रिया पूरा गरेपछि सम्झौताको औपचारिक घोषणाको बाटो खुलेको जनाएको छ ।

Previous Post

गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत

Next Post

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

metakhabar

metakhabar

सम्बन्धित खबर

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
आर्थिक

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

२१ साउन २०८३,
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
आर्थिक

गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत

२१ साउन २०८३,
फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता
अन्तर्राष्ट्रिय

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

२१ साउन २०८३,
‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !
मनोरञ्जन

‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

२१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२१ साउन २०८३,
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह
समाचार

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

२१ साउन २०८३,
Load More
Next Post
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In