• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    सुरु भयो मिथिलामा झुलनोत्सव

    सुरु भयो मिथिलामा झुलनोत्सव

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

metakhabar by metakhabar
१९ साउन २०८३,
0
युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

A monument honoring the late Yoni Netanyahu, the brother of Israeli Prime Minister Benjamin Netanyahu, stands at the old terminal of Entebbe International Airport in Entebbe, Uganda, Saturday, Aug. 1, 2026. (Uganda People's Defence Forces Press Service via AP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमान्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्नेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ । यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ ।

युगान्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरुगाबाले शनिबार एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गर्नुभएको हो । समारोहमा युगान्डाका व्यवसायी बराक ओरल्यान्डसहित इजरायली समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । कैनेरुगाबा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिनुहुन्छ ।

स्मारक अनावरणपछि कैनेरुगाबाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस, निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताउनुभयो ।

सन् १९७६ मा एयर फ्रान्सको एउटा विमान अपहरण गरी एन्टेबे ल्याइएपछि दुई प्यालेस्टिनी र दुई जर्मन अपहरणकर्ताले यहुदी तथा इजरायली यात्रुहरूलाई छुट्याएर इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा नगरे उनीहरूलाई हत्या गर्ने धम्की दिएका थिए । त्यसपछि करिब एक सातासम्म वार्ता चले पनि अन्ततः इजरायलले उद्धार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जुलाई ३, १९७६ मा इजरायली कमान्डोहरू विमानस्थलमा प्रवेश गरी अधिकांश बन्धकलाई सुरक्षित उद्धार गर्न सफल भएका थिए । उद्धार अभियानका क्रममा क्रसफायरमा तीन बन्धकको मृत्यु भएको थियो भने योनातान नेतान्याहु अभियानमा मारिने एकमात्र इजरायली कमान्डो बन्नुभएको थियो । एक घण्टाभन्दा कम समय चलेको कारबाहीमा दर्जनौँ युगान्डाली सैनिक पनि मारिएका थिए ।

त्यतिबेला युगान्डामा शासन गरिरहेका इदी अमिनले इजरायलसँग सम्बन्ध विच्छेद गरी प्यालेस्टिनी आन्दोलनलाई समर्थन गर्नुभएको थियो । इजरायलको सफल उद्धार अभियानले अमिनलाई राजनीतिक रूपमा अप्ठ्यारोमा पारेको मानिन्छ । त्यसबेला अफ्रिकी एकताको सङ्गठन (हालको अफ्रिकी सङ्घ) ले उक्त कारबाहीलाई युगान्डाको सार्वभौमसत्तामाथिको हस्तक्षेप भन्दै आलोचना गरेको थियो ।

एन्टेबे उद्धार अभियान इजरायलको सैन्य इतिहासकै सबैभन्दा सफल कारबाहीमध्ये एक मानिन्छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसअघि आफ्ना दाजुको मृत्युले आफ्नै जीवनको दिशा परिवर्तन गरेको बताउनुभएको छ ।

हाल युगान्डा र इजरायलबीच मैत्रीपूर्ण सम्बन्ध रहेको छ । राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल–प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई–राष्ट्र अवधारणालाई समर्थन गर्दै आउनुभएको छ ।

Previous Post

राष्ट्र बैंक ऐन संशोधनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
सुरु भयो मिथिलामा झुलनोत्सव
आर्थिक

सुरु भयो मिथिलामा झुलनोत्सव

३१ साउन २०८३,
इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
अन्तर्राष्ट्रिय

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

३१ साउन २०८३,
प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै
अन्तर्राष्ट्रिय

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

३१ साउन २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In