• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    आज साउने सङ्क्रान्ति पर्व

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    आज साउने सङ्क्रान्ति पर्व

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

metakhabar by metakhabar
१ साउन २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कारबाही गर्ने चेतावनी दिइरहेका बेला संयुक्त राज्य अमेरिकाले बुधबार हर्मुज जलघाँटी क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको छ । यससँगै करिब एक महिनाअघि भएको अमेरिका–इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण १९ः०० जीएमटीदेखि सुरु गरिएको हो । हर्मुज जलघाँटी हुँदै स्वतन्त्र रूपमा आवतजावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कारबाही केन्द्रित गरिएको जनाएको छ । अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दाबी गरेको छ । कुराकाओको झण्डा बोकेको ‘एम÷टी बेल्मा’ नामक उक्त जहाजलाई निष्क्रिय पारिएकाले अब इरानतर्फ अघि बढ्न नसक्ने अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, रास्क, चाबहार, केशम, बन्दर इमाम खोमेनी तथा बुसेहरलगायत दक्षिणी क्षेत्रहरूमा विस्फोट भएको जनाएका छन् । बुसेहरमा रहेको इरानको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र आसपास पनि अमेरिकी आक्रमण भएको दाबी गरिएको छ ।

मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएको झन्डै एक महिनामै दुवै पक्ष पुनः सैन्य भिडन्तमा उत्रिएका हुन् । इरानको रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक फ्लीटलाई लक्षित गरेको जनाएको छ । त्यसपछि बहराइनमा हवाई साइरन बजाइएको थियो । जोर्डनले इरानबाट प्रहार गरिएका तीनवटा मिसाइल खसालेको जनाएको छ भने इराकको एरबिल क्षेत्रमा अमेरिकी नेतृत्वको गठबन्धनले विस्फोटक पदार्थ बोकेका आठवटा ड्रोन खसालेको कुर्दिस सुरक्षा बलले जनाएको छ । घटनामा मानवीय क्षतिको पुष्टि भएको छैन ।

राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए आगामी सातादेखि विद्युत् केन्द्र र पुलजस्ता पूर्वाधारमाथि पनि आक्रमण हुन सक्ने चेतावनी दिनुभएको छ । यद्यपि, दुवै पक्षबीचको मध्यस्थतामार्फत जारी वार्ता औपचारिक रूपमा समाप्त भएको छैन । इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले भने समझदारीपत्रका प्रावधान कार्यान्वयन नभएसम्म त्यसको कुनै अर्थ नरहने र इरानले त्यसको पालना गर्नुपर्ने आधार पनि नरहने बताउनुभएको छ ।

यसपटकको तनावको केन्द्र फेरि हर्मुज जलघाँटी बनेको छ । यो जलघाँटीलाई विश्व ऊर्जा आपूर्तिको अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ । फेब्रुअरीमा सुरु भएको युद्धपछि इरानले जलघाँटी बन्द गरेको थियो । गत महिना भएको अन्तरिम सहमतिपछि केही समय खुला भए पनि इरानले अमेरिकी आक्रमण जारी रहेसम्म पुनः बन्द राख्ने घोषणा गरेको थियो । समुद्री ट्र्याकर केप्लरका अनुसार जलमार्गबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ भने पछिल्लो तनावसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि बढ्न थालेको छ ।

अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले यस कदमले गत महिनाको अन्तरिम समझदारीलाई प्रभावहीन बनाएको टिप्पणी गर्नुभएको छ ।

युद्ध चर्किएसँगै इरान र खाडी क्षेत्रमा सर्वसाधारणको त्रास बढेको छ । इरानको दक्षिणपूर्वी क्षेत्रका स्थानीय बासिन्दाले निरन्तर विस्फोटका कारण बालबालिका रातभर सुत्न नसक्ने अवस्था रहेको बताएका छन् । कुवेतमा बसोबास गर्ने एक सुडानी नागरिकले पनि प्रत्येक बिहान अवस्था थप बिग्रिने हो कि भन्ने चिन्तासहित उठ्नुपर्ने स्थिति आएको प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच, ओमानको तटनजिक एक नर्वेजियन तेल ट्याङ्करमा विस्फोट भएको सङ्कट प्रतिक्रिया कम्पनी एमटीआई नेटवर्कले जनाएको छ । कुवेतले आफ्नो एउटा नौसैनिक जहाजमा ड्रोन आक्रमण हुँदा चालक दलका चार सदस्य घाइते भएको जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले हर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि २० प्रतिशत कर लगाउने पूर्व योजना स्थगित गरी त्यसको सट्टा खाडी मुलुकहरूसँग व्यापार सम्झौता गर्ने नीति अघि बढाइएको बताउनुभएको छ ।

इरानी सरकारी प्रवक्ताका अनुसार गत सातादेखिका अमेरिकी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । यसैबीच, अमेरिकी सेनाले इरानी नेतृत्वलाई थप आक्रमण भए इजरायलबाट पनि कडा सैन्य प्रतिक्रिया हुन सक्ने चेतावनी दिएको छ ।

Previous Post

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

Next Post

आज साउने सङ्क्रान्ति पर्व

metakhabar

metakhabar

सम्बन्धित खबर

आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

आज साउने सङ्क्रान्ति पर्व

१ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

१ साउन २०८३,
मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
आवाज

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

३२ असार २०८३,
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
आवाज

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

३२ असार २०८३,
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
आवाज

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

३२ असार २०८३,
धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
आवाज

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

३२ असार २०८३,
Load More
Next Post
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

आज साउने सङ्क्रान्ति पर्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In