• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

metakhabar by metakhabar
३२ असार २०८३,
0
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ : यहाँस्थित जखेरा तालको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको छ । दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा सरोवर उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित छ ।

चुरे पहाडको फेदमा अवस्थित छ, जखेरा । नजिकै मुसुण्डी गाउँ, उतरतर्फ चुरे पहाड र पहाडको बीचमा सरोवर । यस्तै दृश्यले यहाँ आउने जो कोही लठ्ठ पर्ने गरेको बताइन्छ । गत वैशाख, जेठ महिनामा ताल अवलोकनका लागि झण्डै दुई लाख आन्तरिक तथा बाह्य पर्यटक आएका तालका कर्मचारी ओमभक्त चौधरीले जानकारी दिनुभयो ।

सरोवरमा घुमघाम र वन भोजका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । झण्डै आठ बिघा क्षेत्रफलमा फैलिएको छ, ताल । गहिराइ सात फिट रहेको छ । उत्तरतर्फ गणेश तथा पूर्वमा सिद्देश्वर महादेवको मन्दिर पनि ।

जलाशयमा ढुङ्गाबाट सयर गर्न सकिन्छ, तालका बीचमा मन्दिरको पूजा पनि । पूर्वमा भगवान् गौमबुद्धको मूर्ति, वरपर बनभोज स्थल, बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन यहाँ गर्न सकिन्छ । सरोवरमा पाँच वटा डुङ्गा छन् । सङ्ख्या कम भएकाले ढुङ्गा चढ्न नपाई केही पर्यटक दुःखी पनि भएका छन् । एक व्यक्तिले तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनका लागि रु ५० शुल्क निर्धारण गरिएको छ ।

तुलसीपुरबाट आउनुभएकी ४८ वर्षीया निरा कँुवरले तालको अवलोकनबाट आनन्दित भएको बताउनुभयो । उहाँले तालको सरसफाइमा ध्यान पुगेको छैन भन्नुभयो । तुलसीपुरका अर्की ३७ वर्षीया शारदा देवी ओलीले जलाशयको आकर्षण देखेर मन लोभिएको बताउनुभयो ।

जनश्रमदान र राज्यका निकायले गरेको सहयोगले उक्त जलाशय जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । स्थानीय थारु भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन हुन्छ, त्यस ठाउँलाई जखेरा भनिन्छ । विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका– ३ मा जखेरा ताल रहेको छ । जखेराको संरक्षणका लागि स्व दिपु चौधरीको भूमिका महत्वपूर्ण थियो ।

उहाँले सोनपुर, टिकुलीगढ, फल्कापुर, श्रीगाउँका स्थानीय बुद्धिजीवीसँग सहकार्य गरी खेर गइराखेको आकाशे पानी सङ्कलन गर्न थाल्नुभयो । क्रमशः पोखरी बन्न पुग्यो । सो पोखरीमा वन क्षेत्रबाट बगी आएको पानीसमेत जम्मा हुन थाल्यो । सिँचाइ सुविधाका लागि सङ्कलन गरिएको ठूलो पोखरी अन्ततः लामो समयपछि जखेरा तालका नाममा परिचित छ ।

दाङको लमही बजारबाट छ किलोमिटरपूर्व र सुनडबरी गाउँबाट उत्तर दुई किलोमिटर टाढा जखेरा ताल पर्छ । पूर्वपश्चिम राजर्मागबाट नजिकै रहेकाले भारत, तथा तेस्रो मुलुकबाट पनि जखेराको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।

Previous Post

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

Next Post

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

metakhabar

metakhabar

सम्बन्धित खबर

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
आवाज

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

३२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

३२ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३२ असार २०८३,
विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति
आर्थिक

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

३२ असार २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३२ असार २०८३,
Load More
Next Post
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In