• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

metakhabar by metakhabar
३१ असार २०८३,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ३१ असारः म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ गर्नुभयो ।

“आकासे पानी पर्खिँदा बीउ छिप्पिएपछि साउनमा रोपाइँ गर्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो, “पक्की नहर बनेपछि समयमै धान रोपाइँ गर्न पाएका छाँै ।” बेल्फी लुरवाङ सिँचाइ योजना निर्माण सम्पन्न भएपछि तुलप्रसादजस्तै बिमका किसानलाई लुरवाङ फाँटमा धान रोपाइँका लागि आकासे पानीको भर पर्नुपर्ने समस्याको अन्त्य भएको हो ।

विसं २०४५ मा निर्माण भएको कच्ची नहरलाई पक्की बनाएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरपरिवार किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताउनुभयो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।

नहरमा पानी चलाउन थालेपछि लुरवाङको फाँटमा धान रोपाइँका लागि यसपालि आकासे पानी कुर्न नपरेको उपभोक्ता समितिका अध्यक्ष झकवीर जुग्जालीले बताउनुभयो । कच्ची नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो ।

पक्की नहर निर्माण भएपछि बेल्फीको मुहानबाट लुुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ देखि सुरु भएको आयोजना निर्माणले यसपालि पूर्णता पाएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताउनुभयो ।

चालु आवमा विनियोजन भएको रु १० लाख बजेटबाट लुरवाङ फाँटको खोल्सामा छ मिटर लामो ‘क्रसिङ’ बनाएर पानी तारिएको छ । थप १७५ मिटर पक्की नहर निर्माण भएको छ । आव २०८१÷८२ मा रु २० लाख बजेट विनियोजन भएको योजनामार्फत गलघण्टीको भिर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको थियो । एक सय ७० मिटर १२५ मिलीलिटर क्षमताको पाइप लाइन जडान गरिएको थियो । आव २०८०÷८१ मा विनियोजन भएको रु १० लाख बजेटबाट बेल्फीमा इन्टेक, बाँध र करिब २०० मिटर पाइप लाइन जडान भएको थियो ।

लुरवाङमा धानलगायत खाद्य बालीका साथै सुुन्तला र व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयवासीले अन्नको भण्डार मान्ने गर्छन् ।

Previous Post

बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

Next Post

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In