• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३१ असार २०८३,
0
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्रमा ऋणमुक्त गराउने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा  बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेपछि श्रेष्ठले रासससँग कुराकानी गर्दै भन्नुभयो, “निगमको सेवा युरोपमा विस्तार गर्दै निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यवसायीक बनाएर अहिले भएको ऋण तिरेर आफ्नै आम्दानीले चल्न सक्ने बनाउने मेरो योजना छ, त्यसका लागि म पुर्ण रुपमा समर्पित हुनेछु ।”

कार्यकारी अध्यक्ष श्रेष्ठले जिम्मेवारी निकै चुनौतीपुर्ण भए पनि आफ्नो अनुभव, विज्ञता र सम्बन्धका आधारमा निगमलाई आत्मनिर्भर बनाउने अठोट व्यक्त गर्नुभयो । हवाई सेवाको क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका विषयविज्ञ श्रेष्ठलाई निगमको महाप्रबन्धको समेत जिम्मेवारी सम्हालनेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो ।

विसं २०४९ मा निगमको निर्देशकबाट सेवानिवृत्त हुनुभएका श्रेष्ठलाई नेपालको हवाई सेवाको क्षेत्रमा विषयविज्ञ, अनुभवी र सफल व्यक्तित्वका रूपमा लिइन्छ । यसअघि उहाँले निगमको बजार विभाग, संस्थागत विभाग र व्यवसाय प्रवर्द्धन विभागको निर्देशकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

बेलायतको लण्डनस्थीत वेस्टमिनिष्टर विश्वविद्यालयबाट हवाई यातायात सम्बन्धमा अध्ययन गरेर फर्किने श्रेष्ठ पहिलो नेपाली हुनुहुन्छ । उहाँले क्यानडामा पनि हवाई सेवा सम्बन्धमा अध्ययन गर्नु भएको छ भने अमेरिका र भारतका प्रतिष्ठीत शैक्षिक संस्थाबाट हवाई सेवाको व्यवस्थापन, योजना निर्माण, बजार प्रवर्द्धनलगायतका विषयमा अध्ययन पुरा गर्नु भएको छ ।

अनुभवी, विषयविज्ञ र उडान सेवाको क्षेत्रमा राम्रो छवि भएका व्यक्ति भएकाले सरकारले श्रेष्ठलाई निगमको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले श्रेष्ठसहित पाँच जनालाई यसअघि नै खुल्ला प्रतिस्पर्धाका आधारमा निगमको बोर्ड सदस्यको रूपमा छनौट गरेकामा उहाँलाई अहिले कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो ।

Previous Post

पर्यटक लोभ्याउने ‘ठूली दह’

Next Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आवाज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३१ असार २०८३,
पर्यटक लोभ्याउने ‘ठूली दह’
आवाज

पर्यटक लोभ्याउने ‘ठूली दह’

३१ असार २०८३,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

३१ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

३१ असार २०८३,
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

३१ असार २०८३,
‘लालीबजार’ को धेरै आम्दानी
मनोरञ्जन

‘लालीबजार’ को धेरै आम्दानी

३० असार २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In