• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै

    हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै

    बाढी–पहिरोको जोखिम बढ्दै, सभामुखले सरकारलाई दिए आवश्यक तयारीको निर्देशन

    बाढी–पहिरोको जोखिम बढ्दै, सभामुखले सरकारलाई दिए आवश्यक तयारीको निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३० असार २०८३,
0
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी) । धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा आज पनि रसाउँछ । पुल भत्किएको ठाउँतिर हेर्दै उहाँ श्रीमान् राम सुनुवारलाई सम्झिनुहुन्छ ।

तीन वर्षअघि यही पुलबाट लडेर गम्भीर घाइते भएका उहाँका श्रीमान्को उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसयता उहाँको परिवार ऋण, अभाव र पीडासँग जुधिरहेको छ । पुल भने अझै पुनर्निर्माण भएको छैन ।

विसं २०८० चैतमा निर्माण सम्पन्न भएको उक्त पुल पाँच महिना बित्न नपाउँदै साउन २२ गते राति आएको भीषण बाढीबाट भत्कियो । त्यस स्थानमा सरोकारवाला निकायले नयाँ पक्की पुल निर्माण गर्ने विषयमा समयमै चासो नदिँदा स्थानीयवासी अहिले पनि जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।

घरको मूल सहारा नै गुम्यो, “हरिमाया भन्नुहुन्छ, “उपचार गर्दा लागेको ऋण अहिलेसम्म तिर्न सकेका छैनौँ । श्रीमान्को मृत्यु भएको केही समयपछि काम विशेषले इटहरी जाँदा जेठो छोरा पनि सुनसरीको तरहरामा दुर्घटनामा परी घाइते भए । अहिलेसम्म उसले राम्रोसँग काम गर्न सक्दैनन् । केही क्षतिपूर्ति वा राहत पाइन्छ कि भनेर वडा र नगरपालिका धाए, न राहत पाए, न त पुल नै बन्यो ।”

तीनढ्वाङ्गेको पुलबाट लडेर राम सुनुवारको ज्यान गयो भने मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन दुर्घटनामा १० जनाभन्दा बढी घाइते भइसकेका छन् । यही महिनामै पनि स्कुटर पुलबाट खस्दा दुई जना घाइते भए । त्यस घटनामा धनकुटा बेलहरा हर्कबहादुर राई दुवै खुट्टा भाँचिएर अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ । उहाँसँगै स्कुटरमा सवार धरान–१ का भीम राई भने उपचारपछि घर फर्कनुभएको छ ।

पुलको छेउबाट पैदलयात्रुका लागि अस्थायी फलामे पुल बनाइएको छ । तर मोटरसाइकल तथा अन्य सवारीसाधनले लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्छ । स्थानीयले पुल वारपार गर्न परेमा जोखिम मोलेर पुरानै बाटो प्रयोग गर्न बाध्य छन् ।

स्थानीय लीलामाया तामाङ भन्नुहुन्छ, “चुनावका बेला नेता पुल बनाइदिने वाचा गर्दै भोट माग्न आएका थिए । त्यही भएर पनि हामी कहिले पुल बन्ला भन्ने आशामा छौँ । बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ तर पार गर्ने अर्काे विकल्प केही छैन ।”

दुर्गापथ टोल विकास संस्थाका अध्यक्ष सुवास श्रेष्ठका अनुसार विसं २०१७ मा तत्कालीन ब्रिटिस घोपा क्याम्पसम्म आवतजावत सहज बनाउन निर्माण गरिएको पुल मदन भण्डारी राजमार्ग विस्तारका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गरिएकाले संरचना कमजोर बनेको र पछि भत्किएको हो ।

धरान बजारको फोहर पानी यही खहरेमा मिसिने भएकाले वर्षायाममा आउने भेलले करिब २०० भन्दा बढी घर बाढी र कटानको जोखिममा परेका छन् । वर्षायाम सुरु भइसकेकाले खहरेमा आउने बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा पनि बढेको छ । पुल नहुँदा बिरामीलाई समयमै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउन समेत समस्या झेल्नुपरेको छ ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले पुल पुनर्निर्माणको प्रक्रिया अब छिट्टै सुरु गरिने भएकाले तत्कालका लागि अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी बगाउने योजना बनाइएको बताउनुभयो ।

Previous Post

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

Next Post

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
समाचार

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

३० असार २०८३,
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
समाचार

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

३० असार २०८३,
हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै
समाचार

हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै

३० असार २०८३,
बाढी–पहिरोको जोखिम बढ्दै, सभामुखले सरकारलाई दिए आवश्यक तयारीको निर्देशन
समाचार

बाढी–पहिरोको जोखिम बढ्दै, सभामुखले सरकारलाई दिए आवश्यक तयारीको निर्देशन

३० असार २०८३,
जेठ १७ पछि पहिलो पटक प्रतिनिधिसभा बैठकमा पुगे प्रधानमन्त्री वालेन्द्र शाह
फिचर-ब्यानर

जेठ १७ पछि पहिलो पटक प्रतिनिधिसभा बैठकमा पुगे प्रधानमन्त्री वालेन्द्र शाह

३० असार २०८३,
Load More
Next Post
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In