काठमाडौं । नेपाली बजारमा साताको सुरुवातसँगै सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६०५ रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ तथा चाँदी ४ हजार ४५० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको कारोबार निरन्तर भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल एक औँस सुन करिब ४ हजार १७४ अमेरिकी डलर र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













