• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

metakhabar by metakhabar
१९ असार २०८३,
0
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ असारः औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्देशन जारी गरेको छ ।

औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताउनुभयो । निर्देशनअनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने छ । लिखित सम्झौताबिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ ।

यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेताको अद्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइट प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्ने छ ।

थोक बिक्रेताले औषधि व्यवस्था विभागमा दर्ता भएका खुद्रा औषधि पसल, सरकारी स्वास्थ्य संस्था, अस्पताल तथा प्रचलित कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्र औषधि बिक्री वितरण गर्नुपर्ने छ । सबै खुद्रा बिक्रेताले उत्पादक वा औषधि पैठारीकर्ताद्वारा अधिकृत थोक बिक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

यस्तै अस्पताल, स्वास्थ्य संस्था तथा अन्य संस्थागत खरिदमा प्रयोग हुने औषधिको प्याकेजिङ लेवलिङ्मा ‘संस्थागत आपूर्ति मात्र’ भनेर स्पष्ट रुपमा उल्लेख हुनुपर्दछ । यस्ता औषधि खुद्रा बिक्रीका लागि प्रयोग गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८३/८४ देखि थोक बिक्रेताले औषधि बिक्री वितरण प्रमाणपत्र नवीकरण गर्दा उत्पादक पैठारीकर्ता भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपी अनिवार्य पेस गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

Previous Post

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

Next Post

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

metakhabar

metakhabar

सम्बन्धित खबर

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

२ भदौ २०८३,
मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
समाचार

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

२ भदौ २०८३,
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण
समाचार

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

२ भदौ २०८३,
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समाचार

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

२ भदौ २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

२ भदौ २०८३,
Load More
Next Post
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In