• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१६ असार २०८३,
0
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले ७ परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका ७ परिवार विस्थापित भएका हुन् ।

शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार कुन्ती राईसहित परिवारका ५ जना, धनपूर्ण राईको ७ जनाको परिवार, मंगलबहादुर राईको ६ जनाको परिवार विस्थापित भएको हो ।

त्यस्तै, सुकप्रसाद राईको ४ जनाको, मिरा राईको ५ जनाको धनमान राईको ३ जनाको र अरुणसंगम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताए । पहिरोबाट विस्थापित सात परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ ।

बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई सिसुवा प्रहरी चौकीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घटना लगत्तै सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो । थप क्षतिको विवरण संकलन तथा अनुगमन भइरहेको छ ।

यसैबीच सिलिचोङ गाउँपालिकाले सोमबार एक विज्ञप्ती जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बाढीपहिरोले विद्युत्, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएका छन् । सिलिचोङ–१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढीका कारण २ वटा विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ ।

पहिरोले गाउँपालिकाभित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन् । बाढीले स्थानीय दुई वटा माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित बनेको छ ।

माथिबाट खसेको पहिरोले सिलिचोङ–१ नेवाटारको कालिका माध्यमिक विद्यालयमा क्षति पुगेको छ । विद्यालयको १५ वटा कक्षा कोठा चिराचिरा परेका छन् भने शैक्षिक सामग्रीसमेत क्षति भएका छन् ।

सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।

पहिरोको उच्च जोखिम भएपछि स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसेका छन् । स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको जनाउँदै निरन्तर वर्षा हुँदा सडक अवरुद्ध भएकाले राहत तथा उद्धार व्यवस्थापनमा कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ ।

Previous Post

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

Next Post

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

metakhabar

metakhabar

सम्बन्धित खबर

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
फिचर-ब्यानर

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

१६ असार २०८३,
Load More
Next Post
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In