• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

metakhabar by metakhabar
१६ असार २०८३,
0
खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए पनि जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै सुक्खा छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुमार पुनमगरका अनुसार यसबेलासम्म आधाभन्दा बढी क्षेत्रमा रोपाइँ सकिनुपर्नेमा पर्याप्त वर्षा नभएकाले ३८ प्रतिशत क्षेत्रमा मात्रै धान रोपिएको हो ।

कुल पाँच हजार ७१० हेक्टर क्षेत्रफलमा धानखेती हुने बागलुङमा मध्य असारसम्म दुई हजार १७० हेक्टरमा मात्रै रोपाइँ भएको प्रमुख पुनमगरले जानकारी दिए । अहिलेसम्म खोला तथा सिँचाइको सुविधा भएका क्षेत्रका खेतमा मात्रै रोपाइँ भएको उनले बताए ।

“अहिलेसम्म आधाभन्दा बढी क्षेत्रमा धान लगाइसक्नुपर्ने हो, तर वर्षा नहुँदा पानीका मुहान फुटेका छैनन् । खोलानालामा पनि पानी निकै कम भएकाले सिँचाइको व्यवस्थापन राम्रो छैन”, प्रमुख पुनमगरले भने, “खोल्सा, खोला तथा सिँचाइको नियमित सुविधा भएका क्षेत्रका खेतमा मात्रै रोपाइँ भएको छ । अन्य ठाउँमा भने रोपाइँ हुन सकेको छैन ।”

निसीखोला, गलकोट र ढोरपाटनका केही क्षेत्रमा रोपाइँ भए पनि बागलुङ नगरपालिका, बडिगाड, जैमिनी र बरेङलगायत क्षेत्रमा रोपाइँको कुनै सुरसार छैन । निसीखोला गाउँपालिका–४ का किसान तुलप्रसाद पौडेलले जेठको अन्तिम साता रोपाइँ गरेको भए पनि वर्षा नहुँदा रोपेको धानको गाभा सुक्न थालेको बताए । तीन–चार महिनादेखि पर्याप्त वर्षा नहुँदा धानसँगै बारीमा लगाएको मकैसमेत सुक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

उनले भने, “यो आकाशले के गरेको होला ? यति धेरै समय बितिसक्यो, अहिलेसम्म पानी पर्दैन । सुरुमै रोपाइँ गरियो, अहिले धानका बिरुवा मरेर खेत खाली हुन थाले । वर्षा हुन्छ कि भनेर रोपाइँ गरेका थियौँ, तर अहिलेसम्म एक थोपा पानी परेको छैन ।”

लामो खडेरीका कारण ब्याडमा राखिएको धानको बिउसमेत मर्ने अवस्थामा पुगेको बडिगाड गाउँपालिका–५ का पुस्कर घिमिरेले बताए । वर्षा नहुँदा खोलानालामा पानीको मात्रा निकै कम भएकाले रोपाइँ गर्न समस्या भएको उनको भनाइ छ । राम्रो वर्षा नभएसम्म रोपाइँ गर्न नसकिने घिमिरेले बताए । बागलुङमा वार्षिक २० हजार ६०० मेट्रिकटन धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

metakhabar

metakhabar

सम्बन्धित खबर

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In