• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

    निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ असार २०८३,
0
सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी (म्याग्दी), १५ असारः मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका–६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्र गर्न लागिएको हो । बजारभित्रको सडक साँघुरो र कच्ची हुँदा हिलो, धुलोको सास्ती र सवारी आवतजावतमा समस्या भइरहेको समयमा कालोपत्र योजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

बजारभित्रको सडक कालोपत्र हुने भएपछि स्थानीयवासी आफैँले सडकलाई फरोकिलो बनाउन अग्रसर बनेका छन् । सडकको मार्ग खुलेको करिब दुई दशकपछि बजारभित्रको सडक कालोपत्र भएर रूप फेरिन लागेको उद्योग वाणिज्य सङ्घ दरबाङ एकाइका उपाध्यक्ष अमृत सापकोटाले बताउनुभयो । “दरबाङ आफैँमा महत्वको बजार हो, गाउँपालिकाको केन्द्र भएकाले यसको अझ बढी महत्व बढको छ, नालीसहितको सडक बन्ने आशाले स्थानीयवासीमा विकासप्रतिको आशा जागेको छ”, उहाँले भन्नुभयो ।

विसं २०८२ पुस ३० गते दरबाङको तल्लो बजार कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । सापकोटा बिल्डर्सले रु एक करोड २६ लाख ८२ हजार ८८८ रकममा एक किलोमिटर ४०० मिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको छ । सडकलाई पराकिलो बनाएर नाली निर्माण भइरहेको छ । दरबाङको माथिल्लो बजार दुई वर्षअघि नै कालोपत्र भइसकेको छ । उपल्लो दरबाङको जनप्रिय माविको भवनदेखि बेनी–दरबाङ सडकमा जोडिने उपल्लो दरबाङ बजारको भित्री सडक कालोपत्र गरिएको हो ।

मालिका गाउँपालिकाले पक्की नाली निर्माण गरी स्तरोन्नति गरेको यस सडकलाई गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आव २०८०÷८१ मा रु ६५ लाख बजेट विनियोजन गरेर कालोपत्र गरेको मालिका गाउँपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरबाङ जोड्ने सडक ढलान भइसकेको छ । अहिले सञ्चालित सडक कालोपत्र योजना सम्पन्न भएमा दरबाङ बजारभित्रको सडक सहज हुने प्रवक्ता गौचनले बताउनुभयो ।

मालिका गाउँपालिकाको सबै वडा र बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ । एक वडाबाट अर्को वडा जोडिने गरी सडकको सञ्जाल निर्माण भइरहेका छन् । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट प्राप्त बजेटलाई पालिकादेखि वडा कार्यालय जोड्ने मुख्य सडकलाई स्तरीय बनाउन परिचालन गरिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । “गाउँपालिकाको केन्द्र दरबाङदेखि सबै वडाका बस्ती पहाडी भूभागमा समेटिएका छन्, पहिले ट्याकमात्रै निर्माण भएकाले सडकलाई फराकिलो बनाउने, नाली निर्माणसहित स्तरोन्नति गरेर बाह्रै महिना ग्रामीण सडकलाई सञ्चालन गराउने लक्ष्यका साथ सडक स्तरोन्नति योजना सञ्चालन गर्दै आएका छौँ”, गाउँपालिका अध्यक्ष गर्बुजाले भन्नुभयो ।

यस गाउँपालिकाभित्रका सडक सञ्जाललाई एकापसमा जोडेर चक्रपथसमेत बनाइएको छ । पालिकाको केन्द्र दरबाङस्थित छ्यारछ्यारेदेखि निस्कोट–रुम–पात्ले–डाँडागाउँ–सोले–सिस्नेरी–देवीस्थान हुँदै दरबाङ फर्कने गरी चक्रपथ तयार भएको छ । दरबाङदेखि बिम–दिच्याम–दुखुलेक–दुखुबेँसी–रातोढुङ्गा भएर दरबाङ फर्कने गरी दोस्रो चक्रपथ निर्माण भएको छ । यस गाउँपालिकाको वडा नं १ निस्कोटबाट ताराखोला जोड्ने सडक निर्माणाधीन अवस्थामा छ भने वडा नं २ रुमबाट ताराखोला सडक सञ्जालले जोडिएको छ । वडा नं ३ डाँडागाउँदेखि वडा नं ४ मा समेटिएको सोलेडाँडा भएर तमानखोला सडक सञ्जालले जोडिएको छ । वडा नं ४ फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै सोलेडाँडा हुँदै बागलुङको तमानखोला र वडा नं ५ देवीस्थानदेखि धवलागिरि गाउँपालिकाको ताकम सडक सञ्जालमा जोडिएको छ ।

गाउँपालिका केन्द्र–वडा कार्यालय सडक स्तरोन्नति

चालु आवमा दरबाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरबाङ–फूलबारी खण्ड स्तरोन्नति भएको छ । चालु आव २०८२÷८३ मा प्रदेश समपूरक शीर्षकअन्तर्गत गाउँपालिकाले रु एक करोड बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मङ्गला कन्ट्रक्सन बाबियाचौरले रु ६५ लाख २३ हजार ४३२ मा ठेक्का सम्झौता गरेको थियो ।

यस योजनाबाट सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाइएको छ । करिब ५०० मिटर सडकलाई नाली, ग्रेड, घुम्ती मिलाउने, ग्याबियन, पलम पर्खाल निर्माण र एक ठाउँमा कजवे निर्माण छ । निर्माण व्यवसायीले यस योजनाको काम समयमै सम्पन्न गरिसकेका छन् । गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा नं १ को कार्यालय निस्कोट जोड्ने सडक स्तरोन्नति गरिएको छ । सङ्घीय समानीकरण अनुदानतर्फ आव २०७७÷७८ देखि गाउँपालिकाले रु तीन करोड ६० लाख बजेटबाट ठेक्कामार्फत अघि बढाएको यस सडक स्तरोन्नति योजना निर्माण व्यवसायीको ढिलासुस्तीका कारण यसै वर्षमात्रै सम्पन्न भएको छ ।

सडकलाई पराकिलो बनाउने, ढलान, ग्याबियन जाली, पलम र मेसिनरी पर्खाल लगाएर सडक स्तरोन्नति गरिएको छ भने निस्कोट गाउँदेखि ताराखोला जोड्ने गरी करिब साढे दुई किलोमिटर नयाँ सडकको ट्याकसमेत निर्माण भएको गाउँपालिकाका भौतिक तथा पूर्वाधार शाखाका प्रमुख सिनियर सबइन्जिनियर दीपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं २ रुमको मुख्य गाउँलाई पालिकाको केन्द्रसँग सिधा सम्पर्क जोड्ने अदिभारा–टाक्से–रुम सडकलाई समेत स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको छ । यस सडकखण्डको टाक्से खण्डमा पहिराले सडक बगाएपछि २०७७ सालदेखि बन्द भएको सडकलाई नयाँ ट्याक निर्माण र स्तरोन्नति गरेर सञ्चालनमा ल्याइएको हो ।

विसं २०८१ पुस २५ गते रु दुई करोड ४८ लाख ८७ हजार ६०६ मा बिके कन्स्ट्रक्सनसँग सम्झौता भएको यस योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ । “पहिरो गएको टाक्से खण्डमा साढे दुई किमी नयाँ मार्ग खनिएको छ, टेवा र पलम पर्खाल निर्माण, घुम्ती र ग्रेड सुधारको काम सकेर अप्ठेरो केही ठाउँमा ढलान गर्ने तयारी छ”, सबइन्जिनियर सापकोटाले भन्नुभयो । पहिराले सडक बगाएपछि विगत छ वर्षदेखि रुमका स्थानीयले निस्कोट र अदिभाराबाट–स्याउलुङ–बेली–जेम भएर घुमाउँरो बाटोबाट यात्रा गर्दै आएका थिए । सडक पुननिर्माणपछि अदिभारादेखि रुमको सडकयात्रा छ किलोमिटरमा छोटिएको छ । जिल्लाको सबैभन्दा ठूलो जनसङ्ख्या भएको वडामा पर्ने रुम गाउँको सडकलाई ढलान गरी स्तरोन्नति गर्ने काम भइरहेको छ ।

रुम–ताराखोला सडक योजनामार्फत रुम गाउँमा सडक ढलानको तयारी भएको हो । गण्डकी प्रदेश सरकारले रु तीन करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि पूर्वाधार विकास कार्यालयले २०८२ साल असार ४ गते सोमरस निर्माण सेवासँग रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता भएको यो योजनामार्फत ७०० मिटर सडक ढलान हुने चरणमा छ । रुमको गाउँफाँटमा सडकलाई पराकिलो बनाई नाली निर्माण गरेर सडक ढलान हुन लागेकाले यसले गाउँभित्रको यातायात आवतजावतलाई सहज बनाउनुका साथै गाउँको पर्यटकीय आकर्षण बढाउन पनि सहयोग पुग्ने मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा नं ५ देवीस्थान जोड्ने सडकखण्डमा सङ्घीय सहकारी विकास मन्त्रालयबाट सडक स्तरोन्नति भइरहेको छ । चालु आवमा स्थानीय पूर्वाधार विकास आयोजना पोखराबाट रु तीन करोड बजेट परिचालन गरेर राजदाङ–पनथोक खण्डमा सडकलाई ग्रेड मिलाउने, ढलान गर्ने काम भइरहेको छ । गण्डकी प्रदेश सरकारबाट दरवाङ–बिम–दिच्याम सडक र अदिभारा–डाँडागाउँ–सोले–तमान–बुर्तिवाङ सडकसमेत स्तरोन्नति भइरहेको छ । प्रदेश सरकारकै लगानीमा अदिभारा र छ्यारछ्यारेमा पक्की मोटरेबल पुल निर्माण भएपछि सवारी आवतजावतमा सहजता मिलेको छ ।

Previous Post

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

Next Post

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
आवाज

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

१५ असार २०८३,
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
Load More
Next Post
मध्यपूर्वमा तनाव उत्कर्षमा

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In