• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

metakhabar by metakhabar
११ असार २०८३,
0
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज (पर्सा),  वीरगञ्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगञ्ज महानगरपालिकाले आज सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम (लू) लाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, “प्रस्तुत विषयमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार ११ गतेदेखि चार दिन वर्षे बिदाबाट कट्टा हुने गरी महानगरअन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने व्यहोरा निर्देशानुसार सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।” पछिल्लो दिनमा तराई-मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न

मुस्लिम समुदायको पर्व दाहा (मोहरम÷ताजिया) लाई शान्तिपूर्ण बनाउने उद्देश्यसहित आज जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सर्वपक्षीय समन्वयात्मक बैठक बसेको छ । दाहा पर्वलाई मर्यादित तथा धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले बसेको सर्वपक्षीय समन्वयात्मक बैठकले अनुशासित र सौहार्द्रपूर्ण वातावरणमा पवए मनाउन सबैका लागि नौबुँदे आचारसंहिता जारी गरेको हो ।

आचारसंहितामा भनिएको छ, “र्‍याली तथा शोभायात्रा प्रशासनले तोकेको रुट, मिति र समयानुसार मात्र सञ्चालन गर्नुपर्ने हुन्छ । कुनै पनि प्रकारका हातहतियार तथा अशान्ति फैलाउने खालका उच्च ध्वनियुक्त उपकरण प्रयोग गर्न पाइने छैन । साथै अन्य धार्मिक समुदायको भावना र सामाजिक सद्भावमा असर पर्ने गतिविधि गर्न निषेध गरिएको छ ।”

त्यसैगरी, आचारसंहितामा प्रत्येक र्‍याली वा झाँकीका जिम्मेवार व्यक्तिले आफ्नो विवरण कम्तीमा एक दिनअघि प्रशासनमा बुझाउनुपर्ने, धार्मिक तथा सामाजिक सहिष्णुतामा असर पर्ने सामग्रीको प्रयोग गर्न नपाइने तथा सामाजिक सञ्जालमार्फत भ्रम, वैमनस्यता वा उत्तेजना फैलाउने सामग्री प्रचारप्रसार नगर्न पनि आग्रह गरिएको छ । पर्व अवधिभर सुरक्षा व्यवस्थापन तथा समन्वयलाई प्रभावकारी बनाउन मुस्लिम समुदायका तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दू समुदायका तर्फबाट रञ्जीत शाहलाई सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले आधिकारिक पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर मोहरम पर्वको अन्तिम रुट तथा विस्तृत सुरक्षा योजना तय गरिने जानकारी दिनुभयो ।

Previous Post

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

Next Post

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In