• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
११ असार २०८३,
0
तिलाहारमा बेठीका साथ रोपाइँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की,  कृषि, पर्यटन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा २१औँ संस्करणको असारे रोपाइँ महोत्सव आयोजना गरिने भएको छ ।

पोखरा पर्यटन परिषद्ले यही असार १४ गते पोखरा महानगरपालिका–३० देउराली खोलाको छेउमा ‘पोखरा सबै मौसमका लागि’ नारासहित महोत्सव आयोजना गर्न लागेको हो । हरेक वर्ष राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते रोपाइँ महोत्सव गर्ने गरिए पनि यस वर्ष पूर्णिमा परेको र कृषकले हल गोरु नचलाउने परम्परा रहेकाले एक दिन अघि सारिएको हो ।

महोत्सवमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे रोपाइँ संस्कृतिको प्रत्यक्ष अनुभव गराउने लक्ष्य रहेको परिषद्ले जनाएको छ । महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष तारानाथ पहारीले भारतीयसहित विभिन्न मुलुकका पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो । उहाँले परम्परागत धानखेती प्रणालीको संरक्षण, कृषिप्रति युवापुस्ताको आकर्षण अभिवृद्धि तथा कृषि पर्यटनको विकासका लागि महोत्सवलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

“पोखरा भ्रमण वर्षलाई सफल बनाउने, गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिसँग जोड्ने महोत्सवको उद्देश्य छ”, अध्यक्ष पहारीले भन्नुभयो ।

महोत्सवका संयोजक तथा परिषद्का महासचिव जीवनराज सापकोटाले विदेशी पर्यटकलाई धान रोपाइँ, हिलो खेल तथा ग्रामीण जीवनशैलीको अनुभव गराउने विशेष कार्यक्रम समावेश गरिएको बताउनुभयो । कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय उत्पादन, संस्कृति र जीवनशैलीको प्रवद्र्धनमा महोत्सवले योगदान पु¥याउने उहाँको भनाइ छ ।

पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले महोत्सवले लेखनाथ क्षेत्रसहित पोखराका अन्य पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले महोत्सवले स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा हिले फुटबल, पत्रकार हिले दौड, माछा समाउने प्रतियोगिता, धान रोपाइँ प्रतियोगिता, रस्साकस्सी, साउने प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति तथा पर्यटन प्रवद्र्धनलाई जोड्ने विशिष्ट कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । रोपाइँ महोत्सवमा आन्तरिकसहित विदेशी पर्यटक उल्लेख्य रुपमा सहभागी हुँदै आएका छन् ।

Previous Post

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

Next Post

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

metakhabar

metakhabar

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

११ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In