• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

metakhabar by metakhabar
८ असार २०८३,
0
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डुम्रे (तनहँु), ८ असारः आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ । ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्तौँदेखि दरै समुदायको पहिचानसँग जोडिएको चुड्का नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले लोपोन्मुख बन्दै गएका अभौतिक सम्पदाको संरक्षणमा जुटेको हो ।

चुड्का नाच दरै समुदायको परम्परागत लोकनृत्य हो, जसमा सामूहिक रूपमा गीत गाउँदै र तालबद्ध रूपमा नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादर दरैले जानकारी दिनुभयो । “व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रतियोगिता गरिएको हो । विशेषगरी विवाह, पर्व, उत्सव तथा सामुदायिक कार्यक्रममा प्रस्तुत गरिने यो नाच दरै समुदायको सांस्कृतिक पहिचानका रूपमा महत्त्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो, “पठनपाठन, सहरीकरणले गर्दा अहिले समुदायको युवापुस्ता रोजगारीलगायतका कार्यले चुड्का नाच हराउँदै गएको छ । यसको संरक्षणका लागि प्रतियोगिता गरिएको हो ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दरै समुदायको कुल जनसङ्ख्या १८ हजार ६९५ रहेको छ । गण्डकी प्रदेशका तनहुँ, गोरखा र नवलपुर जिल्लामा दरै समुदायको उल्लेख्य बसोबास छ । जनसङ्ख्या कम हुनु र युवापुस्ता वैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरिनुले चुड्का नाच संरक्षणमा चुनौती थपिएको समाजका सचिव विजय दरैले बताउनुभयो ।

तनहुँको व्यास नगरपालिका उद्गम थलो मानिएका यस समुदायको बाक्लो बासोबास रहेको छ भने ऋषिङ र घिरिङ गाउँपालिकामा पनि बसोबास गर्दै आएका यी समुदायको पछिल्लो समय युवालाई लक्षित गरी चुड्का नाच प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएका विजयले बताउनुभयो । “दरै समाज तथा सांस्कृतिक समूहले ज्येष्ठ पुस्ताबाट गीत र नृत्य सिकाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास थालिएको हो”, उहाँले भन्नुभयो ।

दरै समाज तनहुँका उपाध्यक्ष विमल दरैले पहिले गाउँका अधिकांश युवा चुड्का नाचमा सहभागी हुने गर्थे । तर, अहिले मोबाइल, इन्टरनेट र आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढेसँगै परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै गएको छ”, उहाँले भन्नुभयो, “त्यसैले समुदायस्तरमै संरक्षणका कार्यक्रम आवश्यक बनेका छन् ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चुड्का नाच केवल मनोरञ्जनको माध्यममात्र नभई दरै समुदायको इतिहास, सामाजिक सम्बन्ध, जीवनशैली र सामूहिक भावनाको अभिव्यक्ति भएको बताउनुभयो । “गीतका शब्दमा प्रकृति, प्रेम, श्रम, कृषि र सामाजिक जीवनका विविध पक्ष समेटिएका हुन्छन्”, उहाँले भन्नुभयो, “समुदायका ज्येष्ठ नागरिकसँग रहेका पुराना चुड्का गीत सङ्कलन गर्ने कामलाई प्रोत्साहन गर्नेछ ।” मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा लिखित र डिजिटल अभिलेखमा राख्नुपर्ने आवश्यकता महसुस गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएका उहाँले बताउनुभयो । दरै समुदायका युवाले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत चुड्का नाचको प्रचारप्रसार बढाउन थालेका छन् । संरक्षण अभियानलाई दिगो बनाउन आर्थिक स्रोत, प्रशिक्षण, अनुसन्धान तथा अभिलेखीकरणमा थप लगानी आवश्यक रहेको सरोकारवाला बताउँछन् । विद्यालय तहदेखि स्थानीय पाठ्यक्रममा दरै समुदायको संस्कृति समावेश गर्न सके संरक्षण अभियान अझ प्रभावकारी हुने उनीहरूको सुझाव छ ।

प्रतियोगितामा व्यास–१० स्थित दुम्सी दरै समाज प्रथम, बैरेनी दरै समाज द्वितीय र दुम्सीचौर दरै समाज तृतीय भएका छन् । रु सात हजार, रु पाँच हजार र रु तीन हजार पुरस्कार वितरण गरिएको समाजले जनाएको छ । व्यास–११ स्थित पोल्याङ दरै समाज चौथो र साँखर दरै समाज पाँचौँ भएका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण राष्ट्रिय दायित्वसमेत हो । दरै समुदायले आफ्नो पहिचानसँग जोडिएको चुड्का नाच जोगाउन थालेका प्रयासले सांस्कृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । चुड्का नाच केवल एउटा नृत्यमात्र होइन, दरै समुदायको इतिहास, पहिचान र अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा हो । त्यसैले यसको संरक्षणमा समुदाय, स्थानीय सरकार र सम्बन्धित निकायको साझा प्रयास आवश्यक देखिएको छ ।

Previous Post

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

Next Post

सुनचाँदीको मूल्यमा वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
भारतमाथि ब्राजिलको सहज जित
खेलमैदान

भारतमाथि ब्राजिलको सहज जित

१८ अशोज २०८३,
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
समाचार

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

१८ अशोज २०८३,
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त
फिचर-ब्यानर

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

१८ अशोज २०८३,
Load More
Next Post
सुनको मूल्य घट्यो

सुनचाँदीको मूल्यमा वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In