• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

    चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

    राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

    राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

    बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

    चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

    राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

    राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

    बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

metakhabar by metakhabar
४ असार २०८३,
0
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। मुक्तिनाथ मन्दिर जान नसक्ने अशक्त, ज्येष्ठ नागरिक र उकालो उक्लन नसक्ने आन्तरिक तथा बाह्य पर्यटक तथा दर्शनार्थीको हितलाई ध्यानमा राखी यहाँ ‘घोडचढीसेवा’ सञ्चालनमा आएको छ ।

झन्डै विलुप्त अवस्थामा पुगेको ‘घोडचढी’ सेवा सञ्चालनमा आएपछि यहाँका युवाले भरपुर रोजगारी मात्र होइन, यहाँस्थित मनाइने घोडपर्वका लागि अनिवार्य चाहिने घोडापालन संस्कृतिको समेत जगेर्णभएको छ ।

यसअघि दर्शनार्थी ओसारपसारका लागिे मोटरसाइकल सेवा जोखिमपूर्ण भएकाले सो सेवालाई विस्थापित गरी यहाँका समुदायले ‘घोडचढीसेवा’ पुनः सुरु गरेका हुन् ।

मोटरसाइकल सेवालाई विस्थापित गरी ‘घोडचढीसेवा’ सञ्चालनमा आएपछि मुक्तिनाथ रानीपौवा बजारक्षेत्रको व्यवसायमा थप चहलपहल बढेको छ, भने गाउँमा बरालिएका युवाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

मुक्तिनाथमा ‘घोडचढी’ सेवाबाट पर्यटक र तीर्थयात्रीलाई सशुल्क सेवा दिन थालेपछि सङ्कटमा पर्दै गइरहेका विभिन्न स्थानीय जातका घोडाहरुको संरक्षण हुन थालेका छन् ।

घोडामा चढाएर पर्यटक तीर्थयात्रीलाई मुक्तिनाथ पु¥याउने सेवा सञ्चालनले मुक्तिनाथ क्षेत्रका प्रायःले एक घर एक घोडा पालन सुरु गरेका छन् । पछिल्लो समय मुक्तिनाथ, खिङ्गा, झारकोट र छेङ्गुर गाउँका युवाले घोडाबाट तीर्थयात्री ओसारपोसार गरी राम्रो आम्दानी गर्न थालेका छन् ।

मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने तीर्थयात्रीको सेवाका लागि चारगाउँका झन्डै एकसयभन्दा बढी घरधुरीले घोडा पालेको मुक्तिनाथ रानीपौँवाका स्थानीय घोडा व्यवसायी हर्क गुरुङले जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिरबाट मन्दिरको ढोकासम्म तीर्थयात्री पु¥याएको नेपालीलाई रु चारसय र भारतीय पर्यटकलाई भारु चारसय शुल्क लिने गरिएको घोडा व्यवसायी गुरुङले बताउनुभयो ।

घोडा व्यवसायी हर्क गुरुङका अनुसार मुक्तिनाथस्थित चारगाँउमा कुरिया दर्ता भएका स्थानीयले मात्रै घोडाबाट मान्छे तीर्थयात्रीलाई सेवा दिन पाँउने नियम छ ।

घोडाबाट तीर्थयात्री ओसार्ने कामका लागि मासिक रु २० हजारदेखि रु ३० हजारसम्म पारिश्रमिक दिएर काममा खटाइने गरेको उहाँले बताउनुभयो । मुक्तिनाथमा रुकुम, रोल्पा, धादिङ र बागलुङलगायतका जिल्लाबाट उल्लेख्य युवाहरु घोडाबाट तीर्थयात्री ओसार्ने काममा व्यस्त हुनुहुन्छ ।

गुरुङका अनुसार स्थानीयलाई पनि वैकल्पिक आम्दानी, घोडाहरुको संरक्षण र जिल्ला बाहिरका युवाहरुलाई समेत रोजगारी प्राप्त भएको सुनाउनुहुन्छ । मुक्तिनाथमा झन्डै एकसयको सङ्ख्यामा युवाले घोडाबाट तीर्थयात्री पु¥याउने काममा लाग्नुभएको छ ।

सोही युवा समुहले तीर्थयात्रीहरुलाई डोलीमा चढाएर मुक्तिनाथ पु¥याउने सेवा समेत सञ्चालन गरेका छन् । डोलीमा बोकेर तीर्थयात्रीलाई मन्दिर पु¥याएको प्रतिव्यक्ति नेपालीलाई पाँचहजार रुपैयाँ र भारतीय पर्यटकलाई भारु चारहजार शुल्क लिने गरिएको छ ।

मुक्तिनाथमा घोडाबाट तीर्थ गर्ने यात्रीलाई सेवा दिन ‘घोडचढी’ सेवा समिति गठन गरिएको छ । समितिमा आबद्ध सबै घोडाहरु प्रत्येक दिन बिहान ७ बजे समितिमा हाजिर गराइसक्नुपर्छ । समितिमा हाजिर भएपछि मात्रै तीर्थयात्री बोक्न पाइने नियम छ ।

तोकिएको समय भित्र घोडासहित उपस्थित नभएमा उक्त व्यक्तिले त्यस दिन घोडामा तीर्थयात्री बोक्न नपाइने प्रावधान छ । दैनिक रुपमा कसैले घटीबढी नगरी दिनभरि घोडाबाट तीर्थयात्री ओसारेको आम्दानी बराबर भाग लगाएर बाडिन्छ ।

मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले घोडाबाट तीर्थयात्री ओसार÷पोसार गर्ने सेवाले वारागुङ मुक्तिक्षेत्रमा घोडाहरुको संरक्षण भईरहेको बताउँनुभयो

“एकातिर मुक्तिनाथ उक्लिन नसक्ने पर्यटकका लागि सेवा भएको र अर्कोतर्फ वैकल्पिक रोजगारीका साथै परम्परागत घोडाहरुको संरक्षण भएको छ । पर्यटन व्यवसायी गुरुङले भन्नुभयो ।”

“मुक्तिनाथमा घोडाले तीर्थयात्री ओसार्ने विकल्प नभएको भए यहाँ परम्परागत घोडाहरु लोप हुने अवस्था रहन्थ्यो, अहिले चाडपर्वमा घोडाहरु जुटाउन कुनै समस्या छैन । उहाँले भन्नुभयो । मुस्ताङमा यार्तुङ, तिजी, धज्याङलगायतका विभिन्न चाडपर्वमा अनिवार्य घोडाको आवश्यक पर्ने गर्छ ।

हिमाली संस्कृति र मौलिकतामा यहाँका घोडाहरुको महत्व र योगदान निकै ठूलो हुने गरेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गर्नुभयो ।

घोडाबिनाको चाडपर्व कल्पना गर्न नसकिने भएकाले हिमाली क्षेत्रको संस्कृति जोगाउन घोडाको आवश्यकता पर्ने अध्यक्ष ठकुरीले बताउनुभयो । अध्यक्ष गुरुङले यहाँ सदियौँदेखि पालिएका घोडाहरु सडकको विकासले चुनौती थपिएको भए पनि घोडाबाट तीर्थयात्री बोक्ने सेवाले स्थानीयलाई घोडापाल्न प्रेरित गरेको छ भन्नुभयो ।

Previous Post

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

Next Post

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

metakhabar

metakhabar

सम्बन्धित खबर

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो
फिचर-ब्यानर

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

१ अशोज २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

१ अशोज २०८३,
राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार
समाचार

राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

१ अशोज २०८३,
ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
फिचर-ब्यानर

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

१ अशोज २०८३,
बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
फिचर-ब्यानर

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

१ अशोज २०८३,
गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
आर्थिक

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

१ अशोज २०८३,
Load More
Next Post
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In