• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

metakhabar by metakhabar
४ असार २०८३,
0
धौलागिरिका घुम्ती गोठ सङ्कटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ४ असारः उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ सङ्कटमा परेको छ ।

बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो ।

कुनै समय ३० वटासम्म गाईभैँसी पालेका धौलागिरि गाउँपालिका–३ मुनाका ६० वर्षीय यामप्रसाद पुनको गोठमा अहिले १० वटा मात्र छन् । “बाउबाजेले गर्दै आएको पशुपालनबाटै घरव्यवहार चलायौँ, छोराछोरी पढायौँ”, पुनले भन्नुभयो, “तर उमेर बढ्दै जाँदा गोठ लिएर लेकबेँसी गर्न कठिन भएकाले पशु सङ्ख्या घटाउनुपरेको छ ।”

मुनाकै ८१ वर्षीय लिलबहादुर पुन पनि घुम्ती गोठ छोड्ने तयारीमा हुनुहुन्छ । बाल्यकालदेखि भेडाबाख्रा पालन गर्दै आउनुभएका उहाँले यही पेसाबाट ठूलो परिवार हुर्काउनुभयो । तर छोराहरू विदेश गएपछि गोठलाई निरन्तरता दिन समस्या भएको बताउनुहुन्छ । धवलागिरि–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले पनि ५७ वर्षदेखि गर्दै आएको भैँसीपालन यस वर्षबाट बन्द गर्नुभएको छ । स्वास्थ्य समस्या र उमेरका कारण भैँसी बेचेर घरमै बस्न थालेको उहाँको भनाइ छ ।

धौलागिरिमा जेठदेखि पशुचौपायालाई लेक तथा बुकीतर्फ लैजाने र कात्तिकपछि बेँसी झार्ने परम्परा छ । यहाँका किसानहरूले ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने तथा विभिन्न खर्क क्षेत्रमा पशु चराउने गर्छन् । उच्च पहाडी र हिमाली क्षेत्रको जीवनशैलीसँग घनिष्ठ सम्बन्ध रहेको यो प्रणालीले दूध, घ्यू, दही, मोही, मासु तथा कृषि कार्यका लागि आवश्यक पशु उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा तयार पारेको वस्तुगत विवरणअनुसार १२ हजार ६० परिवारमध्ये ५३ प्रतिशत परिवारको मुख्य जीविकोपार्जन कृषि थियो । तर पछिल्ला वर्षहरूमा गाईगोरुको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको तथ्याङ्कले देखाएको छ ।

धौलागिरि गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालका अनुसार चार हजार ४११ गाई, दुई हजार ८४७ भैँसी, पाँच हजार ९८६ बाख्रा, दुई हजार एक सय ९५ भेडा, ११९ बङ्गुर, १६ हजार २२६ कुखुरा, ६७० खरायो तथा २६६ घोडा–खच्चर छन् । विसं २०७४ को सर्वेक्षणमा गाईगोरुको सङ्ख्या छ हजार ७५६ रहेको थियो । यसले परम्परागत गाईपालन निरन्तर ओरालो लागिरहेको सङ्केत गर्छ ।

अधिकांश घुम्ती गोठ दर्ता नभएकाले यकिन तथ्याङ्क उपलब्ध नभएको दाहालले बताउनुभयो । चेतनाको कमी, प्रशासनिक पहुँचको अभाव, झन्झटिलो प्रक्रिया तथा भौगोलिक विकटताका कारण किसानहरू व्यवसाय दर्तामा आकर्षित हुन नसकेको उहाँको भनाइ छ । यसले गर्दा बिमा तथा सरकारी अनुदान कार्यक्रमबाट पनि धेरै किसान वञ्चित भएका अगुवा किसान भुवानी पौडेलले बताउनुभयो ।

घुम्ती गोठ घट्दै जाँदा स्थानीय पशुका आनुवंशिक स्रोतसमेत जोखिममा परेका छन् । लिमे र पारकोटे जातका भैँसी, पहाडी गाई, सिनाल र खरी जातका बाख्रा तथा बरुवाल र भ्याङलुङ जातका भेडा–बाख्रा लोप हुने अवस्थामा पुगेका धौलागिरि गाउँपालिका–२ खोरीयाका दलबहादुर रानाले बताउनुभयो ।

यद्यपि गाउँपालिकाले घुम्ती गोठ संरक्षण र व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । उपाध्यक्ष रेशम पुनमगरका अनुसार किसानलाई त्रिपाल, सोलार बत्तीलगायतका सामग्री वितरण गरिएको छ । गत आर्थिक वर्षमा वडा नम्बर ५ मल्कवाङको खालीखोलामा रु आठ लाखको लागनमा मा ५०० भन्दा बढी भेडाबाख्रा अट्ने क्षमता भएको घुम्ती गोठ निर्माण गरिएको थियो ।

भेडापालक कृषक हिमबहादुर छन्त्याल (देवान) का अनुसार उक्त गोठले वर्षा र हिमपातका बेला पाठापाठी तथा भेडाबाख्रालाई सुरक्षित राख्न ठूलो सहयोग पुगेको छ । गाउँपालिकाको ७० प्रतिशत र किसानको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको उक्त संरचना नमुना परियोजनाका रूपमा हेरिएको छ ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान सङ्कायका प्राध्यापक डा राजेशकुमार राईका अनुसार जलवायु परिवर्तन, वन्यजन्तुसँगको द्वन्द्व, सामाजिक संरचनामा आएको परिवर्तन, शिक्षा तथा वैदेशिक रोजगारको प्रभावले घुम्ती गोठ प्रणाली कमजोर बन्दै गएको हो । उहाँले पशुजन्य उत्पादनको ब्रान्ड विकास, स्थानीय पर्यटनसँग एकीकरण तथा जैविक उत्पादनको बजार विस्तार गर्नसके उच्च पहाडी अर्थतन्त्रलाई नयाँ दिशा दिन सकिने बताउनुभयो ।

परम्परागत ज्ञान, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको घुम्ती गोठ प्रणाली संरक्षणका लागि तथ्यांक सङ्कलन, किसानमैत्री कार्यक्रम, व्यवसाय दर्ता अभियान र प्रोत्साहनमूलक योजनामा जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । धौलागिरिको पहिचान बनेको गोठ प्रणालीसँगै स्थानीय पशु सम्पदा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान संरक्षण, व्यवस्थित र व्यावसायिक बनाउन कार्यक्रम केन्द्रित गरेको उहाँको भनाइ छ ।

Previous Post

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

Next Post

अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर ः पाकिस्तानी प्रधानमन्त्री सरिफ

metakhabar

metakhabar

सम्बन्धित खबर

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
Load More
Next Post
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर ः पाकिस्तानी प्रधानमन्त्री सरिफ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In