• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने

    कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२ असार २०८३,
0
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागमती, २ असारः बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गरेको छ ।सोमबार बागमती प्रदेशसभाको बैठकमा सरकारको आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले कर तथा जरिरवाना छुटसम्बन्धी विशेष व्यवस्थाहरूबारे जानकारी गराउनुुभएको हो ।

सरकारले व्यावसायिक फर्म दर्ता गरी नवीकरण नगरेका उद्योग÷व्यवसायले २०८३ पुस मसान्तसम्म आव २०८२÷८३ सम्मको नवीकरण शुल्क बुझाएमा आव २०८१/८२ भन्दा अगाडिको जरिवाना पूर्ण रूपमा छुटको व्यवस्था गरेको मन्त्री तामाङले जानकारी दिनुुभयो ।

सरकारले २० वर्ष वा सोभन्दा पुराना सार्वजनिक (भाडाका) सवारीसाधनका धनीले २०८३ पुस मसान्तभित्र २० वर्षसम्मको बुझाउन बाँकी कर र नवीकरण दस्तुर बुझाएमा, लाग्ने जरिवाना रकममा शत–प्रतिशत छुट दिई सवारी दर्ता खारेज (लगतकट्टा) गरिने जनाएको छ ।

नवीकरण नगरेका ‘ड्राइभिङ ट्रेनिङ सेन्टर’, ‘वर्कसप’, र ‘रिकन्डिसन हाउस’हरूले २०८३ पुस मसान्तसम्म पछिल्लो अवधिको शुल्क बुझाएमा सोभन्दा अगाडिको नवीकरण दस्तुर र जरिवानामा शत–प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

घरजग्गा रजिष्ट्रेसन शुल्कमा ५० प्रतिशतसम्म छुट गरिएको मन्त्री तामाङले जानकारी दिनुुभयो । स्वदेशी लगानीका जलविद्युत् उद्योग, चियाखेती, कफीखेती, कपासखेती, पुष्प व्यवसाय, तरकारीखेती, पशुपन्छीपालन, डेरी, अलैँचीखेती, जडीबुटीखेती र फलफूल उद्योगको नाममा खरिद गरिने जग्गाको रजिष्ट्रेसन दस्तुरमा ५० प्रतिशत छुटको निरन्तरता दिएको उल्लेख गर्दै मन्त्री तामाङले स्वदेशी सामूहिक खेती उद्योगको नाममा पास हुने जग्गाको रजिष्ट्रेसन शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुुभयो ।

स्वदेशी सूर्ती, गुड्खा, पानपराग र मदिराजन्य उद्योगबाहेकका उत्पादनमूलक तथा सूचना प्रविधि उद्योग स्थापनाका लागि खरिद गरिने जग्गाको लिखतमा ५० प्रतिशत छुट गरिएको छ ।
उत्पादनमूलक उद्योग स्थापना वा विस्तार गरी तीन सय जनाभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उद्योगले जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने उल्लेख गर्दै बजेटमा प्रदेशभित्रका हिमाली जिल्लाका दुर्गम स्थानका जग्गाको लिखत पारित हुँदा ५० प्रतिशत छुटको निरन्तरता दिइएको जनाइएको छ ।

जनआन्दोलन, सशस्त्र सङ्घर्ष र मधेस आन्दोलनका सहिद तथा बेपत्ता पारिएका व्यक्तिका आश्रित परिवारको नाममा स्वामित्व प्राप्त हुने लिखतमा सबै प्रकारको दस्तुर र शुल्क पूर्ण रूपमा छुटको व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्ति, दलित, पिछडिएका, अल्पसङ्ख्यक र सीमान्तकृत व्यक्तिहरूको नाममा स्वामित्व प्राप्त हुने घरजग्गा रजिष्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट गरिएको छ ।

महिला, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र बुबाआमाविहीन नाबालकको नाममा पास हुने घरजग्गा रजिष्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट गरिएको छ । एकल महिलाको नाममा स्वामित्व प्राप्त हुने लिखतमा रजिष्ट्रेसन शुल्कमा ३५ प्रतिशत छुट एवं गाउँपालिका क्षेत्रभित्रको जग्गामा महिलाको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतको रजिष्ट्रेसन शुल्कमा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

भूमिहीन, मुक्त कमैया र मुक्त हलिया परिवारले सहुलियत ऋण र अनुदानबाट खरिद गरेको जग्गाको रजिष्ट्रेसन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर पूर्ण रूपमा छुट गरिएको मन्त्री तामाङले जानकारी दिनुुभयो ।

Previous Post

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

Next Post

आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’
आर्थिक

आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

२ असार २०८३,
जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
फिचर-ब्यानर

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

२ असार २०८३,
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
समाचार

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

२ असार २०८३,
जलजलाको लुप्राङमा अङ्गुरखेती
आर्थिक

जलजलाको लुप्राङमा अङ्गुरखेती

२ असार २०८३,
सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल
समाचार

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

२ असार २०८३,
पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा
समाचार

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

२ असार २०८३,
Load More
Next Post
आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In