• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    सुनको मूल्य घट्यो

    सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१ असार २०८३,
0
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, १ असारः पछिल्लो ४५ वर्षयता चतवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका दुई हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो ।

केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार ५६० वटा गोही छाडिएको छ । चालु आर्थिक वर्षमा मात्रै २२५ वटा गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ । जसमध्ये भाले १४ र पोथी २११ रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार केन्द्रमा हुर्काइएका हालसम्म नारायणी नदीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको छ ।

यस वर्ष अहिलेसम्मकै बढी गोही नदीमा छाडिएको हो । सन् २०२१ र २०२२ मा सङ्कलन भएका अण्डाबाट कोरलिएका गोही यस वर्ष छाडिएको हो । हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको सङ्ख्या भने बढ्न सकेको छैन । गत वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३६६ वटा मात्र भेटिएको थियो ।

हाल प्रजनन केन्द्रमा ५०० वटा गोही छन् । यस वर्ष सङ्कलन गरिएको १९६ अण्डाबाट १४६ बच्चा कोरलियका छन् । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो ।

विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशतमात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही थिए । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषणलगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताउनुभयो ।

Previous Post

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

Next Post

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

metakhabar

metakhabar

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

१ असार २०८३,
ताप्लेजुङमा अलैँची महोत्सव हुने
कृषि

ताप्लेजुङमा अलैँची महोत्सव हुने

१ असार २०८३,
आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
आवाज

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

१ असार २०८३,
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
जीवन शैली

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

१ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

१ असार २०८३,
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
आवाज

नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

१ असार २०८३,
Load More
Next Post
आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In