• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

metakhabar by metakhabar
३० जेष्ठ २०८३,
0
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर।“राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो, ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ ।” शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले दुई दिनअघि(बुधवार राति) आएको हुरीले निम्त्याएको पीडा सुनाउँदै भन्नुभयो, “अहिले खुला आकाशमुनि बस्न बाध्य छौँ, हुरीले हाम्रो विचल्ली बनाइदियो ।”

शुक्लाफाँटा नगरपालिका–९ मा आएको भीषण हुरीले ८० परिवारलाई प्रभावित बनाएको छ । हावाहुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पु¥याउँदा दर्जनौँ परिवारको बासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको हो ।

शुक्लाफाँटा –९ वडाध्यक्ष रमेशबहादुर ऐरकाअनुसार हुरीले अधिकांश घरका जस्तापाताका र टायलका छाना उडाएको छ । त्यसलगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात, खाद्यान्नलगायत भिजाएर कामै नलाग्ने बनाएको छ ।

“धेरै परिवार अहिले समस्यामा छन्,” अध्यक्ष ऐरले भन्नुभयो, “कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन् भने केही परिवार अझै अस्थायी व्यवस्थामा खुला आकास बसिरहेका छन् ।” हुरीले विद्युत् संरचनामा पनि ठूलो क्षति पु¥याएको छ । वडाका विभिन्न स्थानमा १८ वटा विद्युत् पोल ढलेका छन्, केही भाँचिएका छन् । २०० केभीएको ट्रान्सफर्मर जडित पोल ढलेपछि दुई दिनदेखि सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

“घर तथा गोठका छानामात्र होइन, विद्युत् संरचनामा व्यापक क्षति पुगेको छ,” अध्यक्ष ऐरले भन्नुभयो, “वडाभरि जडान गरिएका पाँच वटा सिसिटिभी क्यामेरा पनि क्षतिग्रस्त भएका छन्, करिब डेढ किलोमिटर क्षेत्रमा सिसिटिभीको तार चुँडिएको छ ।” उहाँका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा क्षति पुगेको छ ।

क्षतिग्रस्त क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालित भएका छन् । ढलेका पोल हटाउने, नयाँ पोल गाड्ने तथा लाइन विस्तार गर्ने कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ । “विद्युत् आपूर्ति पुनःसञ्चालनका लागि आवश्यक काम भइरहेको छ,” अध्यक्ष ऐरले भन्नुभयो, “मौसमले साथ दिए भोलिसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।”

हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न प्रहरी तथा स्थानीय जनप्रतिनिधिको टोलीले मुचुल्का तयार पार्ने काम सुरु गरेको छ । प्रभावित परिवारको तथ्याङ्क सङ्कलनसँगै राहत तथा पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको अध्यक्ष ऐरको भनाइ रहेको छ ।

स्थानीयवासीका अनुसार केही मिनेट चलेको हावाहुरीले वर्षौँको मेहनतले बनाएको संरचनामा ठूलो क्षति पु¥याएको छ । विशेषगरी न्यून आय भएका परिवार बढी प्रभावित भएका छन् । स्थानीय तहले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी प्रभावित परिवारका लागि राहत र पुनःस्थापनाको पहल गर्ने जनाएको छ ।

Previous Post

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

Next Post

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

metakhabar

metakhabar

सम्बन्धित खबर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
समाचार

बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

३१ साउन २०८३,
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

३१ साउन २०८३,
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
फिचर-ब्यानर

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

३१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ साउन २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
Load More
Next Post
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In