• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२६ जेष्ठ २०८३,
0
पर्यटकका आर्कषणमा ऐना पहरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यहाँस्थित तनहुँको ऐना पहरा पर्यटकका लागि आर्कषणको केन्द्र बन्दै गएको छ ।

पहराको निर्माणकार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आर्कषण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ ।

हालसम्म ७८ हजार ६३३ जनाले टिकट काटेर ऐना पहरा अवलोकन गरिसकेका छन् । अवलोकनकर्ताबाट ४५ लाख २२ हजार ९९० रुपैयाँ आम्दानी भइसकेको छ । पहरा निर्माण गर्न पालिकाले एक करोड ४० लाख रुपैयाँ लगानी गरेको गाउँपालिकाले जनाएको छ ।

एक समय झाडी र चट्टानले भरिएको स्थान अहिले आकर्षक पर्यटकीय गन्तव्यमा रुपान्तरण भएको छ । यहाँ निर्माण गरिएका जलपरी, बालउद्यान, हात्तीको मूर्ति, चट्टानमा कुँदिएका विभिन्न देवीदेवता, मातृत्व झल्काउने आकृति तथा हिमाली सौन्दर्य प्रतिविम्बित गर्ने कलात्मक संरचनाले आगन्तुकको ध्यान खिच्ने गरेका छन् ।

ऐना पहराको मुख्य आकर्षणमध्ये झरना पनि एक हो । चट्टानबाट झर्ने पानीको दृश्य, वरपरको प्राकृतिक वातावरण र कलात्मक संरचनाको संयोजनले पर्यटकलाई लोभ्याउने गरेको बताइन्छ । गाउँपालिकाले यस स्थानमा स्काई साइक्लिनिङ, सिसाको पुल र सर्वसाधारणका लागि शौचालयसमेत निर्माण गरिएको छ ।

त्यस्तै यहाँ झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्ने गरेको छ । पर्यटन क्षेत्रको टिकट काउन्टरमा कार्यरत कर्मचारी सुशीला गुरुङले हालसम्म ५२ हजार ८१२ नेपाली नागरिक, १० हजार १०३ विद्यार्थी तथा १५ हजार ७६८ जना विदेशी पर्यटकले टिकट काटेर अवलोकन गरेका छन् भनिन् । अवलोकन शुल्क नेपालीका लागि ५० रुपैयाँ, विद्यार्थी ३० रुपैयाँ तथा विदेशी पर्यटकका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ ।

पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सृजनामा योगदान पुगेको छ । हाल सात जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । स्थानीय व्यवसाय, होटल तथा रेष्टुरेन्टमा समेत पर्यटक आगमनले सकारात्मक प्रभाव देखिन थालेको छ ।

स्थानीय सरकारको पहल, प्राकृतिक सौन्दर्यको संरक्षण र कलात्मक पूर्वाधार विकासको संयोजनले ऐना पहरा छोटो समयमै सफल पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्थानीयवासीहरू बताउँछन् । पहारा पर्यटकीयस्थलका रूपमा विकास भएसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा सकरात्मक प्रभाव देखिन थालेको छ ।

Previous Post

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

Next Post

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
समाचार

बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

२६ जेष्ठ २०८३,
Load More
Next Post
कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In