• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

metakhabar by metakhabar
२६ जेष्ठ २०८३,
0
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी (बेनी), २६ जेठः म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गर्नुभएको छ ।

बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गङ्गानाले गाईभैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गर्नुभएको हो । करिब एकदशक लामो वैदेशिक रोजगार त्यागेर विसं २०७२ देखि पशुपालन सुरु गर्नुभएका ढुङ्गाना जिल्लामा गाईभैँसी धेरै पाल्ने सफल अगुवा कृषकका रूपमा परिचित हुनुहुन्छ ।

सुरुमा एक/एक वटा गाई र भैँसी खरिद गरेर ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ सञ्चालनमा ल्याउनुभएका उहाँले अहिले दैनिक ३०० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । उहाँको फार्ममा अहिले ४५ वटा माउसहित ५० वटा गाईभैँसी छन् । उहाँले दैनिक रूपमा करिब ३५ हजार बराबरको दूध बिक्री गर्दै आउनुभएको छ । ढुङ्गानाको फार्ममा उन्नत जातका मुर्रा भैँसी तथा होलस्टेन र जर्सी गाईपालन हुँदै आएको छ ।

“एकदशक बढी समय खाडी मुलुकमा पसिना बगाएँ, आफ्नै गाउँ फर्किएर पशुपालन र कृषिबाटै अघि बढ्ने लक्ष्यका साथ वैदेशिक रोजगारलाई बिट मारेको थिएँ, आज आफैँले सुरु गरेको कर्मबाट सफलता मिलेको छ, यो पेसाबाट खुसी र सन्तुष्टि छु”, ढुङ्गानाले भन्नुभयो ।

पशुपालनबाट ढुङ्गानाले आफू स्वरोजगार र आत्मनिर्भर मात्रै बन्नुभएको छैन, अन्य पाँच जनालाई नियमित रूपमा रोजगारीको अवसर सिर्जना गर्नुभएको छ । उहाँको फार्ममा तीन जनाले आवासीय रूपमा नै रोजगारमा आबद्ध छन् भने अन्य दुई जना दैनिक रूपमा फार्ममा कामका लागि आउने गर्छन् । बिहान सबेरैदेखि राति अबेरसम्म फार्मका गाई भैँसीको घाँस, पानी र स्याहारमा खटिने ढुङ्गानाले अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा रहेका सम्भावनामा भविश्य खोज्नुपर्ने बताउनुहुन्छ ।

ढुङ्गानाको फार्ममा उत्पादन हुने दूध बेनी बजारकै धौलागिरि डेरी उद्योगमा खपत हुने गरेको छ । बेनी बजारदेखि नजिकको दूरीमा फार्म सञ्चालन भएकाले उहाँले मोटरसाइकलमै दूधका क्यान राखेर दूध ढुवानी गर्दै आउनुभएको छ ।

फार्ममा बिहान १ः०० बजेदेखि र दिउँसो २ः०० बजेसम्म गाईभैँसी दुहुन सुरु गर्ने र ४ः०० बजेको समयभित्र उद्योगमा दूध ढुवानी गरी पुर्‍याउने समय तालिका छ । डेरी उद्योगले प्रतिलिटर १२० रुपैयाँमा दूध खरिद गर्दै आएको छ । दूध उत्पादन नियमित हुने र डेरी उद्योगले सहजै खरिद गर्ने भएकाले दूध बिक्रीका लागि थप बजारको खोजी गर्नुपर्ने बाध्यता रहेको छैन ।

कुरिलाखर्कमा आफ्नै पुख्र्यौली जग्गामा फार्म सञ्चालन गर्नुभएका ढुङ्गानाले पशुपालनबाट भएको आम्दानीबाट थप जग्गा खरिद गरी फार्मको क्षमता बढाउनुभएको छ । उहाँको फार्ममा पूर्वाधार र गाईभैँसी खरिदमा अहिलेसम्म साढे दुई करोड बढी लगानी भइसकेको छ । जिल्लामै ठूलो र नमुना फार्मका रूपमा विकास भइरहेको यस फार्मको अवलोकनका लागि विभिन्न ठाउँबाट कृषक पुग्ने गरेका छन् । पशुपालनबाट सफलता प्राप्त गर्नुभएका युवा कृषक ढुङ्गानाले जिल्लास्तर र प्रदेशस्तरबाट विभिन्न पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

विसं २०८० मा ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट पुरस्कृत भएको थियो । व्यवस्थित र व्यावसायिक रुपमा पशुपालन गर्नुभएका ढुङ्गानाले स्थानीय, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयबाट प्राप्त सहयोगले आफूलाई पशुपालन गर्न हौसला थपिएको बताउनुहुन्छ । फार्मबाट गाईभैँसीको गोबर मल बिक्री हुने गरेको छ ।

बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म नगरपालिका र जिल्लामै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले पशुपालक कृषकलाई नगरपालिकाबाट औषधि उपचारमा प्राविधिक सहयोगका साथै विगत तीन वर्षदेखि नगरपालिकाले उत्पादनमा आधारित अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

Previous Post

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

Next Post

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

२६ असार २०८३,
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
Load More
Next Post
‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In