• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

metakhabar by metakhabar
२५ जेष्ठ २०८३,
0
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो ।

पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट एक सय ५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको रकम प्राप्त गरेका छन् ।

सरकारले अघिल्लो वर्षको बक्यौता बिमा रकमसमेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक गरी रु एक अर्ब तीन करोड पठाएपछि स्वास्थ्य बिमाको रकमसम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो । स्वास्थ्य बिमा बोर्डबाट सार्वजनिक गरिएको जानकारीअनुसार दुई दिनअघि मात्र विपन्न वर्गलक्षित रु ३२ करोड ६ लाखभन्दा बढी रकम भुक्तानी गरिएको छ ।

बोर्डका वरिष्ठ मेडिकल सुपेरिटेन्डेन्ट डा पवन शाहले केही समयअघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बिमाबापतको रकम भुक्तानी गर्ने गरिएकामा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिए ।

यसरी भुक्तानी पाउने अस्पतालहरूमा मध्यविन्दु जिल्ला अस्पताल, भेरी अञ्चल अस्पताल, नारायणी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका ढेड सयभन्दा बढी अस्पतालहरू रहेका छन् ।

त्यस्तै राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र झापाको बिएण्डसी शिक्षण अस्पताललगायतका निजी अस्पतालमा उपचार गराउने विपन्नसमेत बिमा रकम सरकारले भुक्तानी गर्नका लागि पठाएको छ । उक्त रकम राष्ट्रिय बिमा बोर्डको निर्णयअनुसार विपन्न नागरिकको मिर्गौलाको डायलाइसिस सेवा, मुटुरोगको उपचार, टाउकोको गम्भीर चोटपटक, स्पाइनल इन्जुरी आदि रोगको शोधभर्नाबापत भुक्तानी गरिएको हो । स्वास्थ्य संस्थाबाट प्राप्त दाबीहरूमध्ये कागजात पूरा भएका दाबीहरूको भुक्तानी पठाइएको हो ।

भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बिमा कार्यक्रमको भविष्यमा अन्योल छाउने अवस्था आउन नदिन सरकारले यसपटक रु १५ अर्ब रकम छुट्याएको छ । यसका साथै स्रोतको परिधिभित्र आउने गरी बिमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कडा अनुगमन गर्नेजस्ता उपाय अपनाउने सोचाइ सरकारले बनाएको छ ।

यसबारेमा कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमाजस्तो कल्याणकारी कार्यक्रमलाई अन्योलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताइन् । समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बिमालाई कडाइका साथ निगरानी र नियमन गरिने उनले बताइन् ।

Previous Post

पूर्वाधार विकासको प्रतीक्षामा दोमुख: पर्यटन, व्यापार र संस्कृतिको सम्भावनायुक्त केन्द्र

Next Post

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
फिचर-ब्यानर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

१२ साउन २०८३,
आलेखः सर्पदंशको बढ्दो सन्त्रास
आर्थिक

आलेखः सर्पदंशको बढ्दो सन्त्रास

१२ साउन २०८३,
एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह
फिचर-ब्यानर

एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

१२ साउन २०८३,
चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

१२ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
Load More
Next Post
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In